पाल्पामा फरार ५ अभियुक्त पक्राउ
बुटवल । पाल्पा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ५ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मुद्दामा कैद भुक्तान नगरी फरारको सूचिमा रहेका ५ जनालाई पक्राउ गरी जिल्ला अदालत पाल्पामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीकाअनुसार अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा दोषी ठहर भएपछि फरार रहेका तिनाउ गाउँपालिका सोही गाउँपालिका ५५ वर्षीय मानबहादुर लम्तरी, २६ वर्षका दिपक लम्साल र माथागढी गाउँपालिका वडा नं. ३ बस्ने ४५ वर्षका रवि काफ्ले रहेका छन् ।
त्यस्तै बगनासकाली गाउँपालिका वडा नं.७ बस्ने २९ वर्षका सुरजबहादुर कनौजे भने सावर्जनजकि अपराध सम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए भने वडा नं. ३ का ४५ वर्षीय पदमबहादुर रायमाझी बुहविवाह मुद्दामा दोषी ठहर भएका थिए । जिल्ला प्रहरी कार्यायले फरार अभियुक्तलाई पक्राउ गरी कैद भुक्तान तथा सजायका लागि अदालतमा बुझाइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर