कोभिड–१९ को असरः एयरबस र शेल कम्पनीमा अर्बौं डलर नोक्सानी
पेरिस । युरोपेली हवाई जहाज निर्माता एयरबस कम्पनीले पहिलो छ महिनामा करिब २ अर्ब २० करोड अमेरिकी डलर खुद नोक्सानी व्यहोर्नु परेको जनाएको छ । कोरोनाभाइरस महामारीका कारण बिमान बिक्री दुई गुणाले कमी आएपछि कम्पनी घाटामा गएको हो ।
एयरबसले यस वर्षको पहिलो छ महिनामा करिब १२ अर्ब ४० करोड युरो बराबरको सम्पत्ति प्रयोग गरेको पनि जनाएको छ । कम्पनीले जारी गरेको वक्तव्यमा कम्पनीले अबलम्बन गरेका नयाँ उपायहरुका कारण यस वर्षको बाँकी छ महिनाको अवधिमा नोक्सानीमा कमी आउने विश्वास लिइएको उल्लेख छ ।
यसैबीच, ऊर्जा क्षेत्रको विशाल कम्पनी रोयल डच शेलको पनि यस वर्षको दोस्रो त्रैमासिक अवधिमा करिब १८ अर्ब डलर खुद नोक्सानी भएको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष कर भुक्तानीपछि करिब ३ अर्ब डलर नाफा कमाएको शेलले कोरोनाभाइरसका कारण तेलको मूल्यमा आएका उतारचढाबपछि ठूलो नोक्सानी भएको कम्पनीले जनाएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र निर्माण गर्नेका लागि निर्देशक समाजले ल्यायो हेल्पडेस्क
-
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय
-
९ करोड बराबरको क्रिसमस ट्रि लाइट आयात
-
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
-
माओ दिवसको अवसरमा सार्वजनिक नीति तथा रणनीति अध्ययन केन्द्रले अन्तर्क्रिया गर्दै
-
इरानले हटायो ह्वाट्स, गूगल पेमाथिको प्रतिबन्ध