स्मार्टफोन बिक्रीमा हुवावेले सामसुङलाई उछिन्यो

बेइजिङ । चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेले सामसुङलाई पछि पार्दै पहिलो पटक नयाँ रेकर्ड बनाएको हो ।
क्यानालिसका अनुसार अमेरिकी प्रतिबन्धको सामना गरिरहेको हुवावेले ५ करोड ५८ लाख थान स्मार्टफोन अन्यत्र पठाएको छ । जबकी सामसुङले यही अवधिमा ५ करोड ३७ लाख थान स्मार्टफोन निर्यात गरेको छ । अमेरिकी प्रतिबन्धका कारण हुवावेका मोबाइल सेटहरुको विदेशमा बिक्री घटेको छ, तर स्वदेशमा हुवावेका सेटहरुको माग तिब्र छ । हुवावेका सेटहरुमध्ये ७० प्रतिशतभन्दा बढी चीनमै बिक्री भइरहेका छन्, क्यानालिसले जनाएको छ ।
क्यानालिसका अनुसार हुवावेका स्मार्टफोनको निर्यात दोस्रो त्रैमासिक अवधिमा झण्डै एक तिहाईले घटेको छ । क्यानालिसका विश्लेषक मो जियाले चिनियाँ बजारले मात्र हुवावेलाई विश्वको पहिलो श्रेणीको स्मार्टफोन निर्माता कम्पनीका रुपमा टिकाइराख्न नसक्ने चेतावनी दिएका छन् ।
दुरसंचार नेटवर्किङ उपकरण उत्पादनमा बर्चश्व कायम गर्न थालेको हुवावेलाई लिएर संयुक्तराज्य अमेरिका र चीनबीच विवाद पनि बढेको छ । अमेरिकाले हुवावेका कारण विश्वमै साइबर सुरक्षामा चुनौती खडा हुने चेतावनी दिँदै आएको छ । अमेरिकाले हालैमात्र हुवावेलाई अमेरिकी बजारमा प्रतिबन्ध लगाएको छ भने यस कम्पनीलाई एक्ल्याउन विश्वव्यापी अभियान नै संचालन गरिरहेको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मेजर ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्ता गठबन्धन दलहरूको सुझाव
-
एसपिजि अटोमोबाइल्स, ‘इभी पायोनियर अवार्ड’ द्वारा सम्मानित
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला
-
बिहीबारदेखि शिक्षकहरूको आन्दोलन रोक्नेगरी सहमती भयो : शिक्षा मन्त्रालय
-
पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ प्रदान