अनिल अम्बानीले २८ अर्ब ९२ करोड बक्यौदा नतिर्दा बैंकद्वारा मुम्बई हेडक्वार्टर कब्जा
बिहीबार, १५ साउन २०७७, १३ : १८

यस बैंक लिमिटेडले मुम्बईमा अनिल धीरुभाइ अम्बानी ग्रुपको हेडक्वार्टर रिलायन्स सेन्टरलाई आफ्नो कब्जामा लिएको छ । उक्त भवनलाई गत २२ जुलाईमा कब्जा लिइएको हो ।
बुधबार फाइनेन्सियल एक्सप्रेसमा सार्वजनिक विज्ञापनमा बैंकले सान्ताक्रुज मुम्बईमा २१ हजार वर्ग फुटभन्दा बढी एरिया भएको हेडक्वार्टरको भवन र दक्षिण मुम्बईमा नागिन महलमा दुई तल्ले भवनमाथि कब्जा गरेको जानकारी दिएको छ । दुई तले उक्त भवन तत्कालीन हेडक्वार्टर थियो ।
२८ अर्ब ९२ करोड भारु बक्यौता तिर्न फेलः
अनिल धीरुभाइ अम्बानी ग्रुपले बैंकको २८ अर्ब ९२ करोड भारु बक्यौता चुकाउन सकेन जसका कारण यस बैंकले कब्जा जमाएको हो । अनिल अम्बानीको ग्रुपमा यस बैंकको कूल १२ हजार करोड भारु बक्यौता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च
-
वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा
-
आज मगर एकता दिवस, कुन-कुन पालिकाले दिए सार्वजनिक बिदा ?
-
मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
-
हमासले गाजामा रेडक्रसलाई सुम्पियो चार इजरायली बन्धकको शव
-
पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ आज वर्षाको सम्भावना ?