शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिंगिङ आइडल जस्मिले पाइन् स्कुटी

बिहीबार, १५ साउन २०७७, १२ : ३६
बिहीबार, १५ साउन २०७७

काठमाडौं – ‘सिंगिङ आइडल २०७६’को बिजेता झापाकी जस्मिन बराल भएकी छन् । आयोजक रेडमुन इन्टरटेन्मेन्टले केही पहिले आयोजना भएको यो कार्यक्रमको अहिले विजेता सार्वजनिक गर्दै पुरस्कार बितरण गरेको हो । 

विजेता बरालले कुमार एण्ड सन्स अटो प्रालि धरानको भेष्पा एण्ड अप्रिलिया सोरुम धरानको तर्फबाट २ लख ५० हजार बराबरको स्कुटी लगायत बिभिन्न उपहार हात परेकी छन् । 

धरानस्थित ज्वाई खानाको हलमा थोरै ब्यक्तिको उपस्थितिमा आयोजित कार्यक्रममा विजेतालाई बरिष्ठ गायक दीप श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा उदयपुरकी शोभा तामाङ दोस्रो र पाँचथरका समिर महतो तेस्रो भएका थिए । दुबैले क्रममा ७० हजार र ५० हजार लगायत बिभिन्न उपहार हात परे ।

प्रतियोगिताको उत्कृष्ट सहभागिता बन्दै बराहक्षेत्रकी गोमा कुलुङले नगद १५ हजार समेत जितेकी छन् । 

कार्यक्रममा आयोजक रेडमुन इन्टरटेन्मेन्टका  अध्यक्ष रोशन प्रधानले कोरोना महामारीको कारण पुरस्कार समयमा दिन नसकिएको बताए । उनले अर्काे सिजनको कोरोनाको कहर साम्य भएपछि हुने आयोजना हुने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप