कोरोनाभाइरसको दोस्रो लहरको डर : युरोपमा चिन्ता र तयारी
कोरोनाभाइरसको महामारीले सारा संसारलाई हावाकावा खेलाइरहेको छ । यसका विरुद्ध खोप बन्ने प्रक्रिया संसारभरि नै युद्धस्तरमा भइरहेको छ । केही मुलुकहरु खोपको अन्तिम चरणमा पुगिसकेको खबरले केही राहत त दिएको छ तर अहिले नै यसै होला भनेर भन्न सकिने स्थिति भने छैन । यस स्थितबीच कोरोनाभाइरस महामारीको सम्भावित दोस्रो चरणको लहर आउन सक्ने भयले युरोपका केही देशहरुले यसविरुद्ध अपनाइरहेका सुरक्षाका उपायहरुलाई झनै कडा बनाउन थालेका छन् ।
गएको हप्ता थुप्रै मुलुकहरुमा कोरोनाभाइरस संक्रमणको दरमा ह्वात्तै बृद्धि देखिएको छ । जर्मनीले कोरोनाभाइरसको दोस्रो लहर आउन सक्ने सम्भावनाका विरुद्ध तयारी थालिसकेको छ । त्यहाँको स्वास्थ्य अधिकारीहरुले दैनिक संक्रमणको दर ५०० बाट बढेर ८०० पुगेको जनाएको छ । महामारी शुरुभएयता जर्मनीमा मात्रै २ लाख मानिसहरु संक्रमित भइसकेका छन् । पछिल्लो सात दिनमा मात्रै त्यहाँ कोरोनाको संक्रामकताको दर १.०५ बाट बढेर १.१६ पुगेको छ । चिकित्सीय र वैज्ञानिक भाषामा आर नट भनिने यो मानकले देखाएअनुसार एउटा संक्रमित व्यक्तिले अर्को स्वस्थ्य व्यक्तिमा संक्रमण सार्ने स्थिति रहेको बुझाउँछ ।
कोरोनाभाइरसविरुद्धको लडाइँमा जर्मनीमा निको हुनेहरुको हिसाबले संसारकै सबैभन्दा राम्रोमध्येका एक मानिन्छ ।
पछिल्लो पटक जर्मनीमा कोरोनाभाइरस संक्रमणको नयाँ चरण देखापर्नुको कारणमा त्यहाँ मनाइएका ठूला उत्सवहरुलाई मानिएको छ । विदा पर्व मनाइने गतिविधि, कार्यालयखुल्नु तथा समुदाय तथा स्वास्थ्य संस्थामा मानिसहरुको आवातजावतका बढ्दो गतिविधिहरुले गर्दा त्यहाँ संक्रमणमा बढोत्तरी भएको छ । त्यसैगरी, घर फर्कने यात्रीहरुलाई पनि त्यसरी संक्रमण बढ्नुको एउटा कारण मानिएको छ ।
यो स्थितिमा जर्मनीले कोरोना संक्रमणको उच्च जोखिम रहेका मुलुकहरुबाट फर्केकाहरुलाई अनिवार्य रुपमा परीक्षण गराउनुपर्ने व्यवस्था गर्न लागेको छ ।
जर्मनीले जस्तै फ्रान्सले पनि कोरोनाभाइरसको दोस्रो लहरका विरुद्ध तयारी थालेको छ । अहिले फ्रान्समा पनि दैनिक संक्रमितको संख्यामा बृद्धि भएर आएको छ । अहिले फ्रान्सका अस्पतालमा दैनिक १ हजार नयाँ संक्रमणका केसहरु आइरहेका छन् । महामारी शुरुभएयता फ्रान्समा २ लाख १७ हजार जना संक्रमित भइसकेका छन् । बीचमा केही समय ओरालो लागेको संक्रमणको दर फेरि उकालो लाग्न थालेपछि फ्रान्सका स्वास्थ्य अधिकारीहरुले फ्रान्स कोरोनाभाइरस महामारीको सन्दर्भमा गलत दिशातिर गइरहेको पो हो कि भनेर चेतावनी नै दिइसकेका छन् ।
उता स्पेनमा पनि त्यहाँको बार्सिलोना, जारागोजा र म्याड्रिड जस्ता शहरहरुमा नयाँ संक्रमण देखापर्न थालेको छ । त्यहाँको सरकारी तथ्यांकअनुसार गएको तीन हप्तामा संक्रमणको दर तेब्बर बढेर गएको छ । अहिले संक्रमण तीब्र रुपमा देखापरेका क्षेत्रहरुमा स्पेन सरकारले कडा उपायहरु अवलम्बन गरेको छ । स्पेनको क्याटालोनियाका सरकारले सबै रात्रीक्लबहरु र रात्रिकालीन बारहरु आगामी दुई हप्ताका लागि बन्द गराइसकेको छ । स्पेनमा कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुले पनि आफूलाई आइसोलेसनमा नराखेको भन्दै त्यहाँका स्वास्थ्य अधिकारहिरुले कडा चेतावनी दिएका छन् ।
बेलायत र नर्वेले स्पेनबाट आउने मानिसहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने घोषणा गरिसकेको छ । त्यसैगरी, फ्रान्सले पनि आफ्ना नागरिकहरुलाई स्पेनको क्याटालोनियामा भ्रमण नगर्न चेतावनी दिएको छ ।
उता इटालीले पनि रोमानिया र बुल्गेरियाबाट आउने यात्रीहरुलाई दुई हप्ता आइसोलेसनमा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति