शंकास्पद सुन अप्रेशन : छानविन समितिका संयोजक फेरिए
काठमाडौं । कमलादीस्थित नविल बैंक मोडमा काठमाडौं प्रहरीले गरेको ‘सुन अप्रेशन’ छानविन समितीका संयोजक फेरिएका छन् । महानगरीय प्रहरी कार्यालयले बुधवार अपराध महाशाखाका एसएसपी संयोजक रहेनगरी पाँच सदस्यिय समिति बनाएको थियो । तर, बिहीबार विहान दीपक थापाको स्थानमा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशीलकुमार यादवलाई संयोजक तोकेर समिति पुनर्गठन गरिएको छ ।
‘सुशील कुमार यादवको संयोजकत्वमा समिति पुनर्गठन भएको छ’ महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले भने–‘थापालाई छानविन समितिको सदस्यमा राखिएको छ ।’ समितिकी अर्का सदस्य एसएसपी किरण बज्राचार्यलाई हटाइएको छ । बज्रचार्य महानगरीय प्रहरी कार्यालयले बनाएको अर्को एउटा समितिको संयोजक रहेकाले दुवैतिर नराखिएको पोखरेलले बताए ।
दरबारमार्ग वृतका डिएसपी रञ्जन दाहाल नेतृत्वको टोलीले कमलादी मोडबाट साढे १४ केजी चाँदी, आधाकेजी सुन र दुईथान पेस्तोल बरामद गरेको थियो । काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनास्थल कमलादी भएको दाबी गरेपनि प्रहरीले घटनास्थल परिवर्तन गरेको छानविन समिती स्रोतले जानकारी दिएको छ ।
घटनामा प्रयोग भएको बा.६च ५५१९ नम्बरको स्कोर्पियो जीप अझै फेला परेको छैन् । स्कोर्पियामो सवार तीनजनालाई अपराध महाशाखाको समन्वयमा जिप्रका नवलपरासी पूर्वले पक्रेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण