बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शंकास्पद सुन अप्रेशन : छानविन समितिका संयोजक फेरिए

बिहीबार, १५ साउन २०७७, १० : १९
बिहीबार, १५ साउन २०७७

काठमाडौं । कमलादीस्थित नविल बैंक मोडमा काठमाडौं प्रहरीले गरेको ‘सुन अप्रेशन’ छानविन समितीका संयोजक फेरिएका छन् । महानगरीय प्रहरी कार्यालयले बुधवार अपराध महाशाखाका एसएसपी संयोजक रहेनगरी पाँच सदस्यिय समिति बनाएको थियो । तर, बिहीबार विहान दीपक थापाको स्थानमा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशीलकुमार यादवलाई संयोजक तोकेर समिति पुनर्गठन गरिएको छ ।

‘सुशील कुमार यादवको संयोजकत्वमा समिति पुनर्गठन भएको छ’ महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले भने–‘थापालाई छानविन समितिको सदस्यमा राखिएको छ ।’ समितिकी अर्का सदस्य एसएसपी किरण बज्राचार्यलाई हटाइएको छ । बज्रचार्य महानगरीय प्रहरी कार्यालयले बनाएको अर्को एउटा समितिको संयोजक रहेकाले दुवैतिर नराखिएको पोखरेलले बताए ।

दरबारमार्ग वृतका डिएसपी रञ्जन दाहाल नेतृत्वको टोलीले कमलादी मोडबाट साढे १४ केजी चाँदी, आधाकेजी सुन र दुईथान पेस्तोल बरामद गरेको थियो । काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनास्थल कमलादी भएको दाबी गरेपनि प्रहरीले घटनास्थल परिवर्तन गरेको छानविन समिती स्रोतले जानकारी दिएको छ ।


घटनामा प्रयोग भएको बा.६च ५५१९ नम्बरको स्कोर्पियो जीप अझै फेला परेको छैन् । स्कोर्पियामो सवार तीनजनालाई अपराध महाशाखाको समन्वयमा जिप्रका नवलपरासी पूर्वले पक्रेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप