१२ स्वास्थ्यकर्मीसहित पर्सा र बाराका ३६ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरी, नेपाली सेना स्वास्थ्यकर्मी सहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा २८ जना पुरूष र ८ जना महिला रहेका छन् । संक्रमित हुनेमा १९ वर्षका युवा देखि ५३ वर्षका पुरूष समेत रहेका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिएअनुसार संक्रमण पुष्टि भएका ३६ जना मध्ये नारायणी अस्पतालका १० स्वास्थ्यकर्मी रहेका छन् ।
३४ वर्षका २ जना नेपाली सेना, २४ वर्षका १ जना नेपाल प्रहरी र नारायणी अस्पतालका १ जना डाक्टर , १ जना एम्बुलेन्स चालक ८ जना स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको मेसु उपाध्यायले जानकारी दिए ।
यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का २ जना , वडा नम्बर १ का १ जना , वडा नम्बर २ का १ जना , वडा नम्बर १६ का १ जना , वडा नम्बर २३ का १ जना , वडा नम्बर ४ का ३ जना, वडा नम्बर १२ का ३ जना, वडा नम्बर ३ का १ जना, वडा नम्बर १५ का १ जना, पर्साकै जगरनाथपुर का १ जना रहेको मेसु उपाध्यायले जानकारी दिए ।
यस्तै बारा जिल्ला जितपुर हेल्थ पोष्टका २४ र २७ वर्षका २ जना स्वास्थ्यकर्मी रहेका छन् भने बारा जिल्ला कलैया वडा १ का ३४ वर्षका १ जना पुरुष रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म