शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्वीटरमा ट्रेन्ड भइरहेछ ‘कंगनालाई पक्राउ गर’: आयो यस्तो प्रतिक्रिया

बिहीबार, १५ साउन २०७७, ०६ : ५६
बिहीबार, १५ साउन २०७७

फिल्म अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा कंगना रनौत निकै सक्रिय छिन् । अभिनेत्रीले सरकारमाथि सीबीआई अनुसन्धानका साथै बलिउडका ठूला भनिने सेलिब्रिटीमाथि आत्महत्या दुरुत्साहनको आरोप पनि लगाएकी छिन् । यद्यपि, बुधबार #ArrestKanganaRanaut ह्याशट्याग ट्वीटरमा ट्रेन्ड भएको छ । यसको जवाफमा कंगनाको समूहले यस्ता साना कुराले अभिनेत्रीलाई कुनै असर नगर्ने र उनी अब थप दृढ भएको बताएको छ ।

उनले फिल्म माफियालाई यस्तो प्रकारको सःशुल्क ट्रेन्ड चलाएको आरोप लगाइन् । आफ्नो पहिलो ट्वीटमा कंगनाको समूहले यो ‘पेड ट्रेन्डलाई चलाउनका लागि कथित मुभी माफियालाई दोषी ठहर गरिन् । उनले लेखिन्, ‘ #ArrestKanganaRanaut ट्रेन्ड गराउन लाई अन्त्यमा फिल्म माफिया पिआरको केही बजेट पाइएको छ । आउ, उसलाई पक्राउ गर, यसो गर्दा उनलाई मुभी माफिया र उनीहरुको गलत व्यवहार उजागर गर्न थप सहज हुनेछ, तसर्थ कृपया #ArrestKanganaRanaut’

यसमा भनिएको छ, ‘जब आपराधिक मामिला, मृत्युको धम्की, चरित्र हननले उनलाई रोक्न सकेन भने यसले त उनलाई थप दृढ बनाउनेछ । तपाईंहरुले उसलाई मारी नै दिएपनि माफियालाई नष्ट गर्नका लागि उनको प्रण जीवित रहनेछ ।’

उनको समूहले यो ट्वीट गरेपछि कंगना रनोटको समर्थन गर्नका लागि उनका थुप्रै समर्थक अगाडि आएका छन् । यसैबीच कंगना रनोटलाई मुम्बई प्रहरीले बयान दिनका लागि बोलाएको छ । यद्यपि, उनी हाल आफ्नो गृहनगर मनालीमा बसिरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप