आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कर उठाउनको लागि लकडाउन हटाइयो : नेता गिरी

बुधबार, १४ साउन २०७७, २२ : ४७
बुधबार, १४ साउन २०७७

तुलसीपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरीले कर असुल गर्नलाई लकडाउन हटाइएकोे आरोप लगाएका छन् । मुलुक कोरोना भाइरसको महामारीले आक्रान्त बनेको समयमा सरकारले कर उठाउने योजनामा लकडाउनलाई खुल्ला गरेको गिरीको भनाई छ ।

बुधवार तुलसीपुरमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री गिरीले मुलुकमा अहिले कोरोना महामारीलाई नियन्त्रण गर्नुपर्ने अवस्थामा सरकार चुकेको बताए । कोरोना माहामारीका कारण जर्जर भएको अवस्थामा साना व्यापारीदेखि उद्योगपतिबाट कर असुल्नका लागि सरकारले लकडाउन खुलाएको बताए ।

कुनै वैज्ञानिक व्यवस्थापन नगरी लकडाउन खुल्ला गरिएको हुँदा कोरोनाको भयावह अझै बढ्नसक्ने उनले बताए । यस्तो अवस्थामा सबै एकजुट भएर लाग्नुपर्ने समयमा सत्तारुढ दलभित्रै कुर्सीको आन्तरिक विवादमा हुँदा छताछुल्ल गिरीको भनाइ छ । 

जसले गर्दा अहिलेको सरकार कोरोना महामारी र भ्रष्टाचार नियन्त्रणमा असफल भएको नेता गिरीको दावी छ । फरक सिद्धान्तबाट आएका पार्टीले देश लुट्नका लागि मात्र पार्टी एकता गरेको समेत आरोप लगाए । 

देशमा समृद्धि र विकासका काम नगरेर विभिन्न वहानामा देश लुट्ने मात्र खेल खेलेको नेता गिरीको आरोप छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप