शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख ६४ हजार नाघ्यो (अपडेट)

बुधबार, १४ साउन २०७७, २२ : २४
बुधबार, १४ साउन २०७७

एजेन्सी । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ६४ हजार ६०२ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले बुधबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार बुधबारसम्म विश्वभरमा एक करोड ६९ लाख ५६ हजार २८८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड ५ लाख ६ हजार २९० व्यक्ति कोरोना मुक्त भएका छन् ।  विश्वभरमा ५७ लाख ८५ हजार ३९६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये  ६६ हजार ५१८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।  डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४५ लाख १३० जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा एक लाख ५२ हजार ३८८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । 

अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण मङ्गलबार एकै दिनमा एक हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ ।  गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ । 

दक्षिण अमेरिकामा ३८ लाख ५६ हजार ७४४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ३७ हजार ३६१ जनाको मृत्यु भएको छ ।  उत्तर अमेरिकामा ५२ लाख ८० हजार ५६२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख १२ हजार ६४४ जनाको मृत्यु भएको छ । 

युरोपमा २८ लाख २४ हजार ९९५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख दुई हजार ३४६ को मृत्यु भएको छ ।  एशियामा ४० लाख ९७ हजार १३८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९३ हजार ४७२ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा आठ लाख ७८ हजार ८१५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १८ हजार ५६६ जनाको मृत्यु भएको छ ।   ओसियानामा १७ हजार ३१३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९८ जनाको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप