शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गीतकार डा. डिआर उपाध्यायको नयाँ गीत सार्वजनिक

बुधबार, १४ साउन २०७७, २२ : १८
बुधबार, १४ साउन २०७७

काठमाडौं । किर्तिमानी गीतकार डा. डिआर उपाध्यायको नयाँ गीत ‘छक्कै परें...’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीतमा बिष्णु भट्ट र बिना भट्टराईको स्वर रहेको छ । गायक बिष्णु भट्टकै संगीत रहेको गीत भिडियोमा उपलव्ध छ । कार्टुन टुक्रा जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य रहेको छ । ठेट नेपाली शब्दहरुको प्रयोग गरिएको गीत रोमान्टिक शैलीमा निर्माण भएको छ । 

गीत लेखेर १५ विश्व रेकर्ड बनाएका उपाध्यायको गीतको भिडियो निर्देशन माईकल चन्दले गरेका हुन् । भिडियोमा उत्सब दाहालको छायाँकन, सिलन लम्सालको सम्पादन रहेको छ । भिडियो डिआर म्युजिक एन्ड क्रियसनले बाहिर ल्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप