शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी तथा पहिरो पीडितलाई नेपाल बङ्गलादेश बैंकको आर्थिक सहयोग

बुधबार, १४ साउन २०७७, १७ : २६
बुधबार, १४ साउन २०७७

काठमाडौं । आषाढ महिनादेखि परिरहेको लगातारको वर्षाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा बाढी–पहिरोको कारणले प्रभावित स्थानियवासीहरुलाई नेपाल बंगलादेश बैकले आर्थिक सहायता उपलब्ध गराएको छ । 

उक्त बाढी तथा पहिरोको कारण विस्थापित परिवारहरुलाई बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत राहत वितरणका निम्ती बाह्रविसे नगरपालिका मार्फत आर्थिक सहयोग स्वरुप एक लाखको चेक हस्तान्तरण गरेको हो । 

उक्त बाढी तथा पहिरोको कारण हुन गएको क्षती प्रति नेपाल ब¨लादेश बैंक बाह्रविसे शाखा तथा बैंक परिवारले गहिरो दुःख ब्यक्त गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप