बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओखलढुंगामा एक जना मृतावस्थामा फेला

बुधबार, १४ साउन २०७७, १६ : ४९
बुधबार, १४ साउन २०७७

ओखलढुंगाको मोलुङ गाउँपालिका ४ मोलुङ खोलामा बुधबार बिहान एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।  जिल्लाको मोलुङ गाउँपालिका ३ स्थाई घर भएका अन्दाजी ३१ वर्षीय छबि दाहाल खोलाको किनारमा मृतावस्थामा फेला परेका हुन् । मंगलबार दिउँसो घरपरिवारलाई बिना जानकारी घरबाट निस्किएका उनलाई बुधबार  बिहान मृतावस्थामा खोलाको किनारमा आफन्तले फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए ।

मानसिक सन्तुलन कमजोर भएका दाहाललाई खोलामा मृतावस्थामा फेला पारेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खबरलगत्तै ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट पुगेको प्रहरी टोलीले आवश्यक कानुनी प्रकृया पुरा गरेर शवलाई पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप