पानीमुनिको पुलको पीडाः बिरामी बोकेको एम्बुलेन्स खोलाले बगाएपछि डोजरले निकाल्यो
दाङ । दाङको एउटा खोलाले बिरामीसहित बगाएको एम्बुलेन्स डोजरले निकालेको छ। घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत पर्ने हापुर खोलाले बुधबार बिहान बिरामी लिएर तुलसीपुरतिर जाँदै गरेको एम्बुलेन्स बगाएको थियो।
घोराहीबाट बिरामी लिएर तुलसीपुर जाँदै गरेको रा. १ च ८९२ एम्बुलेन्सलाई बुधबार बिहान सवा ३ बजेतिर हापुर खोलाले बगाएको इलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख सई भीमबहादुर विकले जानकारी दिएका छन्। खोलाले बगाएको एम्बुलेन्सलाई प्रहरीले बिहान साढे ५ बजेतिर उद्धार गरेको थियो।
‘खोलाले एम्बुलेन्स बगाएको खार पाएपछि २० मिनेटमै हामी घटनास्थल पुगेर एम्बुलेन्समा तीनजनालाई उद्धार गरेका थियौ,’ उनले भने, ‘बाँकी दुईजनालाई केही समय पछि उद्धार गरेका हौं।’ उद्धारमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दसहितको २० जनाको टोली र नारायणपुर ७ जनाको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको हो। खोलाले एम्बुलेन्स बगाएर सडकदेखि २० मिटर तल लगेका अवस्थामा प्रहरीले डोजर प्रयोग गरेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
‘नारायणपुरतिरबाट बिरामी लगएर एम्बुलेन्स तुलसीपुर जाँदै गर्दा बगाएको रहेछ,’ इलाका प्रहरी कार्यालय नारायणपुरका प्रहरी प्रमुख सई विकले भने, ‘एम्बुलेन्स बगाएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नारायणपुरको टोली पुगेर उद्धार गरेको हो।’
उनका अनुसार खोलाले एम्बुलेन्स चालक तुलसीपुर उपमहानगरपालिका–१४ पहली निवासी अम्मराज कुँवर, घोराही उपमहानगरपालिका–१५ निवासी विष्णु सार्की, उनकी श्रीमती शान्ति नेपाली, छोरा विशेष नेपाली र सोही ठाउँ निवासी अर्का २८ वर्षीय शरद नेपालीलाई प्रहरीले सकुशल उद्धार गरेको थियो।
उक्त सडक खण्डमा साना सवारीसाधन अझै चल्न नसकेको प्रहरीले जनाएको छ। घोराही–तुलसीपुर सडक खण्डमा पुल नभएका खोलाले वर्षेनि साना सवारीसाधन बगाउने गरेका छन्। उक्त सडकखण्डको ग्वारखोला, संक्राम खोला, गुर्जेखोलालगायतमा पुल भएपनि हापुर खोला, सेवारखोला, पत्रेखोलालगायत खोलामा पुल नबन्दा वर्षामा जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन