शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा विवाद र कम्युनिस्ट सिद्धान्तको यथार्थ

बुधबार, १४ साउन २०७७, १६ : ०६
बुधबार, १४ साउन २०७७

    चुनावअघि दुईवटा पार्टी मिलाएर एउटै पार्टी बनाई चुनावमा गई करिब दुई तिहाइ बहुमत बटुलेर सरकारसमेत गठन गर्न सफल भएको नेकपा यतिबेला फुटको सँघारमा छ भन्दा फरक नपर्ला । सरकार गठनकै बेला भएका अनेक विवादका बीच इतिहासमै एउटै पार्टीका दुई अध्यक्ष भएको यो नौलो पार्टीको अभ्यास नेपाली माटोमा नसुहाएको देखा परिरहेको छ । जनताले नेकपा नेताका आश्वासनका आधारमा भोट दिएर दुई तिहाइ बहुमत पुर्याइदिएर परीक्षणका लागि कम्युनिस्टहरुलाई वैधानिक तरिकाले सत्तामा पुर्याएकै हुन् ।

तर जनचाहना अनुसारका कुनै पनि काम गर्न नसकेको यो सरकार बाहिरीभन्दा पनि आन्तरिक विवादमा रुमल्लिएरै अढाई वर्ष व्यतित गरिसकेको छ । नेपालका कम्युनिस्टहरुको बोलीचाली एकातर्फ र व्यवहार अर्कोतर्फ देखिएको महसुस् जनतालाई भएको छ । सर्वहारा वर्गको नेतृत्व गर्ने, राष्ट्रभक्त र जनताका सच्चा सिद्धान्त बोकेको पार्टी नेकपा भनेर वर्षौंदेखि भन्दै र क्रान्तिका नाममा रगतको खोलो बगाएर र भौतिक संरचना ध्वस्त पारेर सत्तामा पुग्न सफल भएको यो पार्टीले आफ्नो इज्जत जोगाउन दुई तिहाइकै बहुमत ल्याएर पनि सकेन । यो स्थायी सरकार हो र ५ वर्ष आरामले काम गर्ला भन्ने जनताको कल्पना पनि पूरा गर्न नसक्ने अवस्थामा पुगेको छ । दुई ठूला कम्युनिस्ट पार्टी मिलेर देशलाई जुरुक्कै उचालेर विकास र समृद्धिको पाटोमा लैजालान् भनेको त देशलाई झनै डुबाउने परिस्थिति सिर्जना भएको सुन्न, देख्न र लेख्न पर्दा आफैलाई लाज लागिरहेको छ ।
 

 यसै पनि सरकार बनाउने र चलाउने जतिसुकै दुई तिहाइ भए पनि जम्मा आधा समय नै रहेछ भन्ने कुरा देखिएको छ । नेपालको संविधानमै कुनै पनि प्रधानमन्त्रीले एक पटक विश्वासको मत लिएपछि कम्तीमा दुई वर्षसम्म उसलाई अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन भन्ने व्यवस्थाले अब बन्ने सबै प्रधानमन्त्री र सरकारको आयु दुई वर्ष मात्रै हुने भएको छ । यस्तो अवस्थामा दुई तिहाइ भए पनि, १० वटा पार्टी मिलेर सरकार बनाए पनि आखिर दुई वर्ष नै आयु हो भने किन एउटै पार्टीलाई बहुमत दिनुपर्यो र ? चाहना भए जति पार्टी सबै सरकारमा गए पनि त आखिर दुई वर्ष मात्रै हो ।

अब यो नाम मात्रैको नेकपाको दुई तिहाई बहुमतले पनि आखिर पूरा समय अवधि सरकार चलाउन पाएन, सकेन वा चलाउन दिइएन त्यो आफ्नै ठाउ“मा छ तर अवस्था त्यस्तै देखिएको छ । दुई ठूला नेताबीच भएको भनिएको गोप्य भद्र सहमति नै यो अवस्था ल्याउने आधार बनेको छ । यसैगरी दुई ठूला महत्त्वाकाङ्क्षी नेता र आफूलाई सर्वेसर्वा ठान्ने, अलिकति पनि गल्न नचाहने, जहिले पनि जुँगाको लडाइँ लड्ने बानी भएका नेताहरुको बानी सुधार हुन नसक्दा र एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्दा पनि यो अवस्था आएको हो भन्न सकिन्छ । पार्टी पद्धतिबाट सामूहिक निर्णयबाट बनेको नेकपा भए पो सबै नेता कार्यकर्ता जिम्मेवार हुनेथिए । यो पार्टी त केवल दुईजना हालका अध्यक्षको एक्ला एक्लै निर्णयले बनेको हुनाले अहिले आएर यी दुवै नेताको सहमतिबाटै पार्टी फुटाउने कि जुटाउने भन्ने अवस्था आएको छ । व्यक्तिवादी चरित्र हावी हु“दा देखापर्ने यस्ता प्रतिअसरहरुको हेक्का अन्य पार्टीले पनि राख्नुपर्ने बेला भएको छ ।

    यसै पनि विश्वमा कम्युनिस्ट शासन र पद्धति लोप हु“दै गइरहेको छ । पुराना मार्क्सवाद, लेनिनवाद, माओवाद जस्ता सिद्धान्त तत्कालीन अवस्थाका लागि राम्रो सिद्धान्त भए पनि अहिलेसम्म उही पुरानो सिद्धान्त बोकेर हिँड्नाले र ती सिद्धान्त समय सापेक्ष रूपमा परिमार्जन गर्नु त कताकता त्यसमा भएका कमा र ह्रस्व दीर्घसमेत परिवर्तन गर्नुहु“दैन भन्ने चिन्तन भएका कम्युनिस्टहरुका कारण विश्वमै कम्युनिस्ट पतन हु“दै गइरहेको यथार्थ हो । यसैबीच नेपालमा मदन भण्डारी जस्ता दूरदर्शी नेताको जन्म भयो जसले नया“ सिद्धान्त जनताको बहुदलीय जनवाद प्रकाशमा ल्याए । पुराना विचार र सिद्धान्त मान्ने कम्युनिस्टहरुलाई पनि यो सिद्धान्तसमय सापेक्ष ठीकै लाग्दै गयो र अहिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपालका प्रायः कम्युनिस्टहरुले यही सिद्धान्तअनुसरण गरिरहेको पाइन्छ । कम्युनिस्ट पार्टी भन्नेबित्तिकै बन्दुक र एकताको शक्तिको आडमा परम्परावादी राज्यसत्ताको हस्तक्षेप गरी नया“ जनताको जनवादी सिद्धान्त अनुरूप शासन सत्ता सञ्चालन गर्ने पार्टी हो भन्ने बुझिन्छ । यसैको प्रयोगहरु नेपालमा पटक पटक भइसकेका छन् । झापा विद्रोहदेखि माओवादीको जनयुद्धसम्म आइपुग्दा हरेक खालका प्रयोग भए ।

ती सबै प्रयोगले कुनै समयमा काम लाग्ने खालका परिणाम देखाए भने कुनै समयमा असाध्यै अफाप पनि भए । जे होस् जनताको बहुदलीय जनवादको सिद्धान्तमा टेकेर हिँडिरहेको तत्कालीन एमालेले पुराना कम्युनिस्ट सिद्धान्तलाई समय सापेक्ष परिवर्तन गर्दै लैजानुपर्ने मान्यतालाई अघि सार्नु र पु“जीवादी कम्युनिस्टतर्फ अघि बढ्नु नै नेपाली माटोमा कम्युनिस्टप्रति जनताको आकर्षण हो । यही कारणले नै कम्युनिस्टहरु संसारबाट लोप भइरह“दा नेपालमा भने झन् उर्वर बन्दै गए । परिणाम तत्कालीन माओवादीको सशस्त्र सङ्घर्षबाट सत्ता कब्जा गर्ने रणनीति पनि फेल भयो र बाध्य भएर माओवादीहरु पनि नेपालको शान्ति प्रक्रियाको मूलधारमा समाहित भए । फलस्वरूप अन्य दलहरुलाई परास्त गरी वैधानिक बाटो वा चुनावबाटै कम्युनिस्टको सत्ता चलाउनुपर्ने कुरामा दुई ठूला कम्युनिस्ट पार्टीहरु चुनावको मुखमा एकबद्ध भएका हुन् । यसरी नेपालको कम्युनिस्ट आन्दोलनमा यो नया“ प्रयोग थियो र जनताले पनि भारी मत दिएर नेकपालाई सत्तामा पुर्याएका हुन् ।

    नेकपा यसरी सत्तामा पुगेपछि संसारभर वैधानिक तरिकाले कम्युनिस्ट सरकार नेपालमा बनेको उदाहरण हेर्ने लहर जाग्यो । नेपालको कम्युनिस्ट आन्दोलनका उतार चढाव, विभिन्न कालखण्डहरु हु“दै परिमार्जित कम्युनिस्ट सिद्धान्तको प्रयोग र वैधानिक कम्युनिस्ट सरकार सा“च्चै अध्ययन गर्न लायक विषयवस्तुहरु बनेका थिए । पु“जीवादी व्यवस्थाको होड चलिरहेको अहिलेको अवस्थामा नेपालमा कम्युनिस्ट स्थापित भएको विषयवस्तु सबैका लागि पाच्य हुने कुरै भएन । फलस्वरूप यो सरकार टिकाउन हु“दैन भन्ने पक्षमा विश्वका शक्तिशाली पु“जीवादी राष्ट्रहरु नै हाम फालेर नेपालको यो स्थितिको अनुसन्धान गर्ने, छिद्रहरु खोज्ने, कुनै कमी कमजोरी पत्ता लगाई असफल बनाउने, भए नभएका कृत्रिम परिवेशहरु यिसर्जना गरी आतङ्क फैलाउने, कुनै नेतागणलाई फकाउने, लोभ देखाउने र भए नभएका षड्यन्त्रहरु गर्न कम्मर कसेर लाग्न थाले । यिनै कारणहरुले गर्दा देशभित्र र बाहिरका दृश्य अदृश्य तत्वहरुको चुङ्गुलमा ओली सरकार पर्न गयो । सरसर्ती हेर्दा बाहिरतिरको, अन्य दलहरुको सरकारलाई अवरोध नदेखिए पनि भित्री पाटो भनेको आफ्नै दलको अवरोध बाहिर देखापरेको अवस्था यद्यपि छ ।

    यतिबेला प्रचण्ड र ओली नै यो पार्टी फुटाउने वा जुटाउने निर्णयकर्ता बनेका छन् । कुनै नेताको एकल स्वेच्छाचारिताले पार्टीलाई त डुबायो नै, यसका कारण देशलाई नै अघि बढ्नबाट अवरोध खडा गरिरहेको छ । देशमा विकास निर्माणका कार्यहरु अवरुद्ध बनेका छन्, कोरोनाको महामारीको व्यथा, बाढी पहिरोको व्यथा थन्किएर बसेको छ । अन्तर्राष्ट्रिय सीमा मिलाउने काम अवरुद्ध छ । राज्यलाई आर्थिक, भौतिक, सांस्कृतिक तवरले अघि बढाउने काम रोकिएका छन् । सबैको ध्यान मात्रै प्रधानमन्त्री को बन्ने र सरकार कसले चलाउने भन्नेमा नै केन्द्रित रहेको छ । यस्तो अवस्थामा देश नै बन्धक बनिरहेको छ । त्यसकारण अब यी दुई पार्टी मिलेर बनेको नेकपा एउटै पार्टी हुनु जरुरी छैन । दुई वा सोभन्दा बढी पार्टी बनाई आआफ्नै पसल थापेर अरू नाम मात्रका कम्युनिस्ट पार्टी जस्तै बनेर बसे हुन्छ । जनताप्रति र राष्ट्रप्रति जिम्मेवार हुन नसक्ने नाम मात्रैको एउटा पार्टी अब जनतालाई आवश्यक छैन । त्यसकारण अलग अलग भएर आआफ्नै पसल थापेर पुनः जनतालाई आश्वस्त पार्दै गए देशको, पार्टीको र जनताको भलो हुनेछ । अतः अब नाम मात्रैको एउटा पार्टी नेकपाको अस्तित्व समाप्त भइसकेको हुनाले वारपार गरी देशलाई बन्धनबाट मुक्ति दिलाउन सबैको प्रयास होस्, सद्बुद्धि पलाओस् र नया“ बन्ने पार्टीहरु नया“ उमङ्गका साथ आउन्, शुभकामना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरनाथ पाण्डे
नरनाथ पाण्डे
लेखकबाट थप