सेयर बजारमा २३ अंकको गिरावट, १ अर्ब ६८ करोडको कारोबार
बुधबार, १४ साउन २०७७, १५ : ५७
सेयर बजारमा आज २३.३६ अंकको गिरावट आएको छ । यद्यपि, कारोबार भने १ अर्ब ६८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । समग्रमा बजार १.६१ प्रतिशतले घटेको हो । बुधबार १८७ कम्पनी कारोबारमा आएका थिए । ३८ लाख ३९ हजार ६७१ कित्ता सेयर कारोबार भएको छ । सबै समूहमा गिरावट आएको छ ।
सबैभन्दा बढी जिव बिमा कम्पनी १९०.८२ अंकले घटेको छ । निर्जिवन बिमा कम्पनी १५९.८७ अंकले घटेको छ । होटल समुह ५९.५ अंकले घटेको छ । कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा बढी छ । यसको १५ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, नेपाल लाइफ इन्सुरेन्स, एनआइसी एसिया बैंक पनि बढी कारोबार हुनेमा पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा