आयोगहरुको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न तीनवटा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको बुधबारको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथि अध्ययन गर्न उपसमिति गठन गरेको छ ।
समिति सभापति शशी श्रेष्ठले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १८२ बमोजिम समितिको आन्तरिक काम कारबाही सञ्चालन गर्न वा समितिको कार्यक्षेत्र भित्रको विषयको अध्ययन गरी प्रतिवेदन दिन समितिका सदस्यहरु मध्येबाट उपसमिति गठन गर्न सक्ने प्रावधान अनुसार गठन गरिएको बताइन् ।
सांसद रेखा शर्माको संयोजकत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ । जसमा सांसदहरु झपड रावल, अमरेशकुमार सिंह, नवराज सिलवाल सदस्य रहेका छन् ।
सांसद यसोदा सुवेदीको संयोजकत्वमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ । जसमा सांसदहरु देवेन्द्रराज कंडेल, छक्कबहादुर लामा, तिर्था गौतम, प्रेम सुवाल सदस्य रहेका छन् । त्यस्तै सांसद विजय सुब्बाको संयोजकत्वमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ । जसमा सांसदहरु डिला संग्रौला, रामसहाय प्रसाद यादव, लक्ष्मी कुमारी चौधरी सदस्य रहेका छन् ।
सबै उपसमितिले आन्तरिक कार्यविधि आफै निर्माण गरेर अध्ययन गर्न सक्ने छन् । उपसमितिमा संयोजक सहित बढीमा ५ जना सदस्य रहन सक्ने व्यवस्था भएपनि दुई समितिमा चार जनाका दरले गठन गरिएको सभापति श्रेष्ठले बताइन् ।
त्यस्तै कुनै एक उपसमितिमा रहेको सदस्य अर्को उपसमितिको बैठकमा भाग लिन चाहेमा संयोजकको अनुमति लिएर सहभागि हुन सक्नेछन् । उपसमितिले आयोगको वार्षिक प्रतिवेदन अध्ययन गरी १५ दिन भित्र समितिमा प्रतिवेदन पेश गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली हाने, अवस्था गम्भीर
-
सन्दीपको हर्नियाको शल्यक्रिया गरियो
-
मन्त्री यादव र एडीबीका नेपाल प्रतिनिधिबिच छलफल
-
१० बजे १० समाचार : ‘होल्ड’ मा परे वामदेव र पासाङ, रविलाई राहत
-
भोलिदेखि ‘मेक इन नेपाल एक्स्पो’ आयोजना हुँदै
-
दुई दलीय संयन्त्रको बैठक : कांग्रेसको सरकार छाड्ने धम्कीको विषयमा के भयो छलफल ?