बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टिकटकमै ब्यस्त सुपुष्पा

बुधबार, १४ साउन २०७७, १४ : २२
बुधबार, १४ साउन २०७७

काठमाडौं । पछिल्लो समय नेपाली फिल्ममा नयाँ अनुहार थुप्रै भित्रिएका छन् । ती मध्येकी एक हुन् – सुपुष्पा भट्ट । ‘रणवीर’ फिल्ममार्फत अभिनयमा डेब्यु गरेकी भट्टको डेब्यु फिल्म भने सोचे जस्तो हुन सकेन ।

उनको डेब्यु फिल्मले भनेजस्तो सफलता हात पार्न नसकेपनि उनी दर्शकको नोटिसमा भने पर्न सफल भइन् । सोही कारण उनको हातमा ‘छ माया छपक्कै’मा फिल्म पर्यो । फिल्म हिट त भयो त्यसको श्रेय भने उनले पाउन सकिनन् ।  ‘छ माया छपक्कै’ पछि भट्टले फिल्म ‘चपली हाइट–३’ अभिनय गरिन् । गत चैत्र २८ गते प्रदर्शनको तयारीमा रहेको यो फिल्म कोरोनाको कारण सर्यो । अब कहिले प्रदर्शनमा आउने हो टुङ्गो छैन । 

कोरोनाका कारण रोकिएको फिल्म हल अझै चल्न सकेको छैन । त्यसैले पनि फिल्मका कुनै पनि गतिविधि हुन सकेका छैनन् । तर पनि उनी भने अहिले ब्यस्त रहेकी छन् । उनको अहिलेको ब्यस्तता फिल्म तथा म्युजिक भिडियो नभएर टिकटक बनेको छ ।

उनी अहिले टिकटकमा डान्स लगायतका भिडियो धेरै भन्दै धेरै अपलोड गरिरहेकी छन् । उनले सार्वजनिक गरेको भिडियोले पनि राम्रो दर्शक पाइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप