केन्द्रीय संस्करण

ग्यालेक्सी एस२० तथा ग्यालेक्सी एस२० प्लसमा मेगा एक्स्चेञ्ज अफर

person explore access_timeसाउन १४, २०७७ chat_bubble_outline0

काठमाडौं । सामसङले हालै “मेगा एक्स्चेञ्ज अफर” प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो स्मार्टफोनलाई नयाँ ग्यालेक्सी एस२० तथा ग्यालेक्सी एस२० प्लससँग साट्न सक्नेछन् । 

अब, पुरानो स्मार्ट फोनसँग ग्यालेक्सी एक२०प्लस साट्दा ग्राहकहरुले तत्काल क्यास ब्याक वा सामसङ एलइडी टीभी प्राप्त गर्न सक्नेछन् । ग्राहकले ३२ इनच सामसङ एलइडी टीभी वा रु. २२ हजारको क्यास ब्याक मध्ये एक छनौट गर्न सक्ने छन् । 

ग्यालेक्सी एस२०को हकमा भने रु. १९ हजारको क्यास ब्याक प्राप्त गर्न सकिन्छ । यो योजनामा सामेह हुने ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना जुलाई महिनाको ३१ तारिखसम्म लागू हुनेछ । 

यी फोनमा ६४ मेगा पिक्सलको क्यामरा, दुबै फोनमा उच्चस्तरीय फोटो खिच्नको लागि सेन्सर राखिएको छ । दुबै फोनमा ३०x सम्मको जुम रहेको छ । सिङ्गल टेकले अनिवार्य रुपमा यसमा भएका सबै लेन्सहरुको प्रयोग आफ्नो रियर क्यामरामा गर्दछ । यसमा विभिन्न फाम्र्याटमा १० सेकेण्डसम्मको भिडियो खिच्न सकिन्छ । जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ र पुनःखिच्नआवश्यक हुँदैन । 

ग्यालेक्सी एस२० संसारको पहिलो त्यस्तो स्मार्ट फोन हो जसबाट ८के भिडियो रेकडिङ्ग गर्न सक्छ ।  नयाँ क्यामराको संरचनाले स्वतन्त्र रुपमा प्रभावशाली पार्टनरसिपको साथ, आफ्ना अनुभव सहज एवं उत्कृष्ट तरिकाबाट संसार सामु साट्ने सुविधा प्रदान गर्दछ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.