शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उद्योग नवीकरणका लागि ३० दिनको म्याद दिइयो

बुधबार, १४ साउन २०७७, १३ : २७
बुधबार, १४ साउन २०७७

काठमाडौं । उद्योग विभागले कोभिड–१९ का कारण गत चैत्र ११ गतेदेखि कारोबार बन्द भएका र पेटेण्ट, डिजायन तथा ट्रेडमार्कको नवीकरण नभएका उद्योग, फर्म तथा कम्पनीहरुलाई नवीकरण गर्न अनुरोध गरेको छ । त्यसका लागि विभागले ३० दिनको म्याद दिएको छ । 

मंगलबार बसेको विभागको बैठकले उद्योग, कम्पनी तथा फर्महरुको व्यवसायीक उत्पादन अनुमतिको समयावधि थपसम्बन्धी नवीकरण कर चुक्ताको सम्बन्धमा ६ वुदे निर्देशन जारी गर्दै यस्तो निर्णय गरेको हो ।

साउन ६ गते मध्यरातदेखि सरकारले लकडाउन खोल्ने निर्णय गरेसँगै लामो तथा छोटो दुरीका सार्वजनिक यातायात तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यवसायी उडान समेत खोल्ने निर्णय गरिसकेको अवस्थामा अब लकडाउन मानिन नहुने विभागले बताएको छ । 

यसै सन्दर्भमा लकडाउन अबधिमा कुनै पनि उद्योग, फर्म तथा कम्पनीले आफ्नो उत्पादन, ब्राण्ड वा सेवाको नियम अनुसार नवीकरण नभएको भए बाटाको समयसहित ३० दिन भित्र नवीकरण गरिसक्न भनेको छ ।

यसका लागि उपत्यका भित्रका कम्पनी तथा फर्मका लागि श्रावण ८ गतेदेखि नै र उपत्यका बाहिरका कम्पनीहरुलाई भाद्र १ गतेदेखि पूर्णरुपमा लकडाउन खुल्ला भएको मानिने विभागले बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप