पुराना नेताहरुलाई कारबाही गर्ने र अन्यलाई पार्टीमा प्रवेश गराउने खेलमा देउवा लागे : प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य अवस्था ठिक नभएको टिप्पणी गरेका छन् । तेह्रौं महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हालेका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य विग्रेको नेता सिंहले बताए ।
पार्टीको विधान र नियमावलीले निर्देशित गरे अनुरुप काम नगर्दा पार्टी अप्ठेरो अवस्थामा पुगेको उनले बुधबार बताए ।
उनले भने, ‘१३औं महाधिवेशनबाट जुन नेतृत्व निर्वाचित हनुभयो, निर्वाचित पदाधिकारीले निर्वाचित भइसकेपछि आउने जिम्मेवारी र नेपाली कांग्रेसको विधान र नियमावलीले निर्देशित गरेको काम, कर्तव्य र अधिकार विशेष गरेर पार्टी सभापतिले विधानले गाइड गरे अनुसार गर्नुपर्ने काम कर्तव्य र अधिकारमा उहाँ चुकेको देखिएको छ । पार्टी सभापति जिम्मा लिएको व्यक्तिले काम गर्न नसकेको कारणले गर्दाखेरी अहिले पार्टीको स्वास्थ्य ठिक नभएको देखा परेको छ ।’
नेता सिंहले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएपनि पजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलाप समेत गर्न नसकेको बताए । उनले पार्टी प्राजातान्त्रिक मूल्य मान्यता अनुसार चल्न नसकेको स्वीकार गरे । महाधिवेसनको विधि र प्रक्रिया जिल्ला र स्थानीय तहमा सुरु भइसक्दा अनुशासनको कारबाही अगाडि बढाउन नहुने उनले बताए ।
पार्टीको विधान अनुसार अनुशासनमा नरहने व्यक्तिलाई कारबाही गर्ने कुरा ठिक भएपनि पार्टी सभापतिले समयको ख्याल गर्न नसकेकोे बताए ।
सभापति पार्टी भित्रका पुराना नेताहरुलाई कारबाही गर्ने र अन्यलाई प्रवेश गराउने खेलमा लागेको समेत उनले आरोप लगाए । पार्टी प्रवेश गराउने र कारबाही गर्ने काम समय अनुसार ठिक नभएको उनले बताए । उनले भने, ‘ठिक छ अरु पार्टीबाट प्रवेश गराउने राम्रै कुरा हो तर अहिले समय कस्तो भयो भन्दाखेरी अब टेस्टेड पुराना नेताहरुलाई कारबाही गरेर पार्टीबाट निकाल्ने र अरुहरुलाई प्रवेश गराउने । प्रवेश त गराउनुपर्छ ठिक छ तर यो जुन समय हो ठिक भएन ।’
नेतृत्वले राम्रोसँग काम गर्न नसक्दा निर्वाचनमा पराजित हुनुपरेकाले एकपटक फेल भएको नेतृत्वलाई फेरी अवसर दिन नहुने नेता सिंहले बताए ।
२०४६ साल यताका सबै नेतृत्वहरु शक्ति र सत्ताको खेलामा लागेकाले पार्टी कमजोर बनेको नेता सिंहले बताए । कार्यकर्तालाई कसरी परिचालन गर्ने भन्दा पनि शक्ति र सत्ताको खेलमा नेताहरु लाग्दा कांग्रेस दुराअवस्थामा पुगेको उनको भनाइ छ ।
नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य नरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित