शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आजः नासा स्थापनाको प्रस्ताव अमेरिकी कंग्रेसबाट पारित

बुधबार, १४ साउन २०७७, ११ : २१
बुधबार, १४ साउन २०७७

आज जुलाई २९ । यस दिनलाई अन्तरिक्षमा अमेरिकाका गतिविधिहरुको संयोजन गर्ने नासाको स्थापना दिवस मानिन्छ । आजैका दिन एरोनाटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेनशन अर्थात् नासा स्थापना गर्ने विधेयक अमेरिकी कंग्रेसबाट पारित भएको थियो । नासाले त्यसयता विभिन्न अन्तरिक्ष यात्रा, मानवसहित र मानवरहित, सञ्चालन गरिसकेको छ । जसले सौर्य मण्डल र ब्रम्हाण्डबारे महत्त्वपूर्ण सूचना बाहिर ल्याएको छ । नासाले पृथ्वीको फन्को मार्ने थुप्रै स्याटेलाइट विकास गरिसकेको छ, जसको महत्त्व मौसम प्रक्षेपण गर्नेदेखि विश्वव्यापी सञ्चार सञ्चालन गर्नसम्म महत्वपूर्ण रहिआएको छ ।

नासा स्थापना हुनअघि सोभियत युनियनले अक्टुबर ४, १९५७ मा विश्वकै पहिलो स्याटेलाइट ‘स्पुटनिक पहिलो’ लन्च गरेको थियो । १ सय ८३ पाउन्डको बास्केटबल बराबरकै साइजको यस स्याटेलाइटले ९८ मिनेटमा पृथ्वीको फन्को मारेको थियो । स्पुटनिक लन्च भएपछि अमेरिकी र आश्चर्यमा परे र उनीहरुलाई सोभियतले आणविक हतियारसहितका मिसाइल युरोपदेखि अमेरिकासम्म छाड्न सक्नेगरी सामथ्र्य बिस्तार गर्छ भन्ने भय पनि भयो । आफुलाई प्रविधिको अग्रणी ठानिरहेको अमेरिका एकैपटक स्तब्ध भयो र त्यसपछि प्रतिक्रियास्वरुप उसले पनि नासा स्थापना ग-यो, यसको अर्थ नासाले अमेरिका र सोभियतबीचको अन्तरिक्ष दौडको सुरुवातको संकेत पनि गरेको थियो ।

३ नोभेम्बर १९५७ मा सोभियतले ‘स्पुटनिक दोस्रो’ लन्च ग-यो, लाइका नामक पोथी कुकुरलाई बोकेर यो अन्तरिक्षमा पुग्यो । पृथ्वीबाट कुनै पनि प्राणीलाई अन्तरिक्षमा पु-याइएको यो पहिलो पटक थियो । यसपछि अमेरिकाले ‘भ्यानगार्ड’ नामक आफ्नै स्याटेलाइट लन्च गर्ने प्रयास ग-यो, तर टेकअफ लिएको छोटो समयमै यो बिस्फोट भयो ।

३१ जनवरी १९५८ मा अमेरिकी स्याटेलाइट ‘एक्सप्लोरर पहिलो’ भन सफल भयो, यसले सफलतापूर्वक पृथ्वीको फन्को मा-यो । यही वर्ष जुलाईमा कंग्रेसले नासा स्थापना गर्ने प्रस्ताव औपचारिक रुपमा पारित ग¥यो र अन्तरिक्ष दौड जित्ने प्रतिबद्धता ग¥यो, अक्टुबरमा नेशनल एडभाइजरी कमिटी फर एरोनाटिक्सलाई खारेज गरेर त्यसअन्तर्गतका सम्पत्ति तथा कर्मचारीलाई नयाँ संस्था नासामा हस्तान्तरण गरियो ।

मेइ १९६१ मा राष्ट्रपति जोन एफ केन्नडीले दशकको अन्त्यसम्म अमेरिकाले मानिसलाई चन्द्रमामा पठाउने घोषणा गरे ।

२० जुलाई १९६९ मा नासाको ‘एपोलो ११ मिसन’ ले यो लक्ष्य पूरा ग¥यो, जतिबेला निल आर्मस्ट्रोङ चन्द्रमामा पाइला राख्ने पहिलो मानव बने, यसलाई ‘मानिसका लागि एक सानो कदम, मानवताका लागि ठूलो छलाङ भनियो ।’ नासाले त्यसयता पनि निरन्तर अन्तरिक्षको खोजी र अनुसन्धानमा विभिन्न काम गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप