‘पाश्चात्य कला संक्षिप्त इतिहास’ पुस्तक प्रकाशित

काठमाडौं । कलाकार तथा कला लेखक नवीन्द्रमान राजभण्डारीले ‘पाश्चात्य कला संक्षिप्त इतिहास’ पुस्तकको दोस्रो भाग ल्याएका छन् ।
विश्वकला इतिहासलाई सरल रुपमा लेखिएको यस पुस्तकलाई सिर्जना कलेज अफ फाइन आर्टस्ले प्रकाशन गरेको हो । पुस्तकमा विश्वकला जगतमा देखापरेका कलाका विविध शैली, आन्दोलन र कलाकारका बारेमा चर्चा गरिएको छ ।
राजभण्डारीकै यसअघि प्रकाशनमा आएको पुस्तकको पहिलो भागमा पाषाण युगदेखि सोह्रौं शताब्दीसम्मको पाश्चात्य कलाको चिरफार गरिएको थियो । दोस्रो भागमा सत्रौं शताब्दीदेखि २१औं शताब्दीसम्म विश्वमा चलेका कलाका विभिन्न शैली, आन्दोलन र कलाकारका बारेमा चर्चा गरिएको छ ।
पुस्तकमा सत्रौं शताब्दीपछि युरोपमा चलेका कलाका विविध आन्दोलन र तिनले ल्याएको परिवर्तनलाई समेत चित्रण गरिएको छ । युरोपमा सत्रौं शताब्दीमा विकास भएको बरोक कला शैली, कलाकृति र कलाकारको चिन्तन, परिवेश तथा त्यसको प्रभावको विषयलाई समेत पुस्तकमा समावेश गरिएको छ । त्यस्तै, अठारौं शताब्दीको रोकोको, नवशास्त्रीयवाद, स्वच्छन्दवादमा विकास भएका कला र तिनका चिन्तन र परिवेशलाई पुस्तकमा सरल ढंगले चित्रण गरिएको छ ।
१९औं शताब्दीमा विकास भएको नवशास्त्रीयवाद, स्वच्छन्दवाद, यथार्थवाद, प्रभाववाद तथा आधुनिक कलाको आरम्भ लगायतका विषयले विश्वकला जगतमा भएका विविध आन्दोलन, शैली र तिनका प्रवृत्तिलाई बुझ्न पुस्तक निकै उपयोगी छ । त्यसैगरी २० शताब्दीमा विकास भएको कलाको अवस्था, परिवेश र सामाजिक जीवनलाई समेत पुस्तकमा उतारिएको छ ।
विश्वकलाको इतिहासलाई सहज ढंगले पुस्तकमा समेटेको लेखक राजभण्डारीले बताए । ‘पुस्तकको पहिलो भागमा पाषाणयुगीन गुफा कलादेखि सोह्रौँ शताब्दीसम्मको पाश्चात्य कलाको इतिहास समेटिएको थियो । यसमा सत्रौँ शताब्दीको बरोक कलादेखि बिसौँ शताब्दीको उत्तराद्र्धसम्म देखापरेका उल्लेखनीय कला आन्दोलन, विधा, शैली तथा प्रतिनिधि कलाकारहरूबारे संक्षेपमा जानकारी जुटाउने प्रयास गरिएको छ’ राजभण्डारीले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
-
अग्रिम जमानतको व्यवस्था गर्ने कानुन आगामी अधिवेशनमा पेस हुन्छ : मन्त्री चौरसिया
-
सुदूरपश्चिममा स्ववियु निर्वाचनः नेविसंघ पहिलो, अनेरास्ववियु दोस्रो
-
सेयर घट्दा पनि बढ्यो कारोबार, कति मूल्यको किनबेच भयो सेयर ?
-
पानीजहाज विधेयकमाथि विधायन व्यवस्थापन समितिमा दफावार छलफल
-
चितवनमा ‘दिपल इभी’ को औपचारिक बिक्री सुरु