बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुन तोलामा ९८ हजार ५०० रुपैयाँ पुग्यो, चाँदीको घट्यो

बुधबार, १४ साउन २०७७, ११ : १२
बुधबार, १४ साउन २०७७

काठमाडौं । बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाल सुन तोलामा ९८ हजार ५०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको हो । 
मंगलबार छापावाल सुन तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यसैबीच बुधबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । मंगलबार १२ सय ४५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर १२ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप