गाईको दुध कि भैंसीको ? तौल घटाउनका लागि कुन उपयोगी र किन ?

दुध पोषणतत्वले भरिपूर्ण हुन्छ त्यसकारण यसलाई स्वस्थ खान्कीमा समावेश गरिन्छ । दुधमा पाइने पौष्टिक तत्व बालबालिका, वृद्ध–वृद्धा र सबै खालका उमेर समूहका लागि आवश्यक छ । यदि कोही व्यक्ति शाकाहारी छ भने उसले त प्रोटिनका प्राप्त गर्नका लागि आफ्नो खान्कीमा दुध समावेश गर्नैपर्छ । के तपाईंलाई गाईको दुध अलि हल्का हुन्छ भन्ने थाहा छ ? र भैंसीको दुधको तुलनामा यसमा क्यालोरी पनि कम हुन्छ । तसर्थ, यदि तपाईं आफ्नो तौल घटाउने प्रक्रियामा हुनुहुन्छ भने गाईको दुध रोज्नुहोस् । तर पोषणको कुरा आउँदा कुन दुध रोज्ने भन्ने प्रश्न आउन सक्छ । गाई र भैंसी दुबैको दुध मानव शरीरका लागि पोषिलो हुन्छ । यी दुबै प्रकारको दुधमा क्याल्सियम, भिटामिन बी १२ र फोस्फोरस पाइन्छ । यो प्रोटिनको राम्रो स्रोत भएकोले यसले हड्डी बलियो बनाउन र यसलाई सुख्खा हुनबाट जोगाउँछ । यहाँ दुधका केही फाइदाबारे कुरा गरिएको छ ।
गाईको दुध राम्रो कि भैंसीको ?
तपाईंमध्ये कतिले गाईको दुध पिउनुहुन्छ होला तर कतिले भैंसीको । कतिले दुबै दुध पनि सेवन गर्ने गर्नुहुन्छ होला । दुबै प्रकारको दुध स्वादिलो हुन्छ । यद्यपि, यी दुई प्रकारको दुधमा केही भिन्नता भने छ । गाईको दुध भैंसीको दुधभन्दा पातलो र हल्का हुन्छ ।
कुन दुधले तपाईंलाई बढी पौष्टिक तत्व दिन्छ ?
सय मिलिमिटर भैंसीको दुधमा सय क्यालोरी हुन्छ तर यदि तपाईंले त्यति नै मात्रामा गाईको दुध पिउनुहुन्छ भने यसमा ६५ देखि ७० क्यालोरी मात्रै हुन्छ । यसबाहेक गाईको दुधमा सल्फर हुन्छ । सल्फरले दिमागलाई काम गर्न सघाउ पुर्याउँछ । गाईको दुधमा बेटा क्यारोटिन पनि हुन्छ जसका कारण शरीरले भिटामिन ‘ए’ पाउँछ । यी तत्व भैंसीको दुधमा पाइँदैन ।
गाई र भैंसीको दुध शरीरलाई चाहिने जत्ति मात्रै पिउनुहोस्ः
यसका साथैं भैंसीको दुधभन्दा गाईको दुध सजिलै पच्ने भएकोले बालबालिकालाई गाइको दुध नै दिन सुझाव दिइन्छ ।
कुन दुधमा फ्याट बढी हुन्छ ?
विज्ञका अनुसार गाईको दुधमा भन्दा भैंसीको दुधमा बढी पौष्टिक तत्व र क्यालोरी हुन्छ । गाईको दुधमा फ्याट कम हुन्छ । तसर्थ यसमा पानी बढि हुन्छ र पातलो हुन्छ । यता भैंसीको दुधमा भने धेरै फ्याट हुन्छ । सय मिलिलिटर भैंसीको दुधमा ८ ग्राम फ्याट हुन्छ । त्यति नै मात्राको गाईको दुधमा भने ४ ग्राम मात्रै फ्याट हुन्छ । भैंसीको दुधमा धेरै मात्रामा इन्जाइम हुने भएकोले यो बिग्रन पनि समय लाग्छ । तर यदि कसैले आफ्नो तौल घटाउने कसरत गरिरहनुभएको छ भने उहाँहरुले भैंसीको दुधमा फ्याटभन्दा क्यालोरी बढी हुने कुरा बुझ्नुपर्छ ।
यद्यपि, यी दुबै प्रकारको दुधले शरीरलाई फाइदा नै पुर्याइरहेको हुन्छ । ल्याक्टोस्सँग एलर्जी नभएका व्यक्तिले सबै प्रकारको डेरी उत्पादनको सेवन गर्न सक्छन् । साथै आफ्नो शरीरको आकार र जीवनशैली अनुसार दुध सेवन गर्नुपर्छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध