शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तालिवानद्वारा ३ दिने युद्धविराम घोषणा

मङ्गलबार, १३ साउन २०७७, २३ : २३
मङ्गलबार, १३ साउन २०७७

एजेन्सी । तालिबानले ईद अल अधाको मुस्लिम छुट्टीको समयमा शुक्रवारदेखि तीन दिनको युद्धविराम घोषणा गरेको छ ।  मङ्गलबारनै दुई महिनाभन्दा बढी अविधिपछि अफगानिस्तान सरकारले दोस्रो पटक तालिवानसँग वार्ताको प्रस्ताव गरेसँगै उक्त समूहले पर्वका समय पारेर युद्धविरामको घोषणा गरेको हो । 

तालिवान समूहका प्रवक्ता जाविहुल्ला मुजाहिदले एक विज्ञप्ति जारी गरी भने, “सबै मुजाहिद्दीन (तालिबानी लडाकू) लाई ईद अल–अधाको तीन दिन र तीन रातमा दुश्मनको विरूद्ध कुनै किसिमका सशस्त्र कारबाही रोक्न आह्वान गरिएको छ ।”

यसअघि मङ्गलबार नै राष्ट्रपति असरफ घानीले राष्ट्रपतिको कार्यालयका उच्च पदस्थ अधिकारीसँग एक हप्ताभित्र शान्तिवार्ता हुने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप