शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीबाट गर्भवतीको उद्धार

मङ्गलबार, १३ साउन २०७७, २२ : ४५
मङ्गलबार, १३ साउन २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी उपमहानगरपालिका–५ की एक गर्भवतीको आज उद्धार गरिएको छ । धनगढीको तारानगर बस्ने वर्ष ३१ की गर्भवती रिता पन्तको अवस्था जटिल भएपछि सेनाको स्काई ट्रकमार्फत उद्वार गरी काठमाडौँ पठाइएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।

गर्भवती पन्तलाई शुरुमा धनगढीको नवजीवन अस्पतालमा तीन दिन भर्ना गराइ उपचार गरी सञ्चो नभएपछि सेती प्रादेशिक अस्पतालमा पठाइएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि सेनाको स्काई ट्रकमार्फत ललितपुरको मेडिसिटी अस्पतालमा पठाइएको सूचना अधिकारी खड्काले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप