शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यपुरथिमि नगरपालिकाको प्रयासः फेरियो स्वरुप, ब्युँझिए मुर्छित सम्पदा

मङ्गलबार, १३ साउन २०७७, २० : २७
मङ्गलबार, १३ साउन २०७७

भक्तपुर । मध्यपुर थिमि भक्तपुरको मात्र नभएर नेपालकै एक सांस्कृतिक नगरी हो । परम्परागत रुपमा मनाइने यहाँका केही जात्राहरुको छुट्टै पहिचान छ ।  नेपाली नयाँ वर्षको अवसरमा मनाइने थिमिको जिब्रो छेड्ने र सिन्दुर जात्राको चर्चा विश्वभर फैलिएको छ । तर, त्यहि मध्यपुरका केही सांस्कृतिक सम्पदाहरु भने मूर्छित थिए । 

राष्ट्रिय विभूति शंखद्यर पार्कदेखि बालकुमारीको दुई पोखरी मात्र होइन यतिबेला व्यक्तिगत सम्पति बनिसकेको कमलपोखरीलाई समेत प्राण भर्न लागिपरेका छन् मध्यपुरथिमिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ ।  २०७४ साल जेठमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएका श्रेष्ठले सांस्कृतिक सम्पदा र परम्परालाई जोगाउन बजेट विनियोजन गर्दै आएका छन् । 

‘भग्नावशेषमा परिणत भएका मन्दिर, पार्टी, धारा, खेल मैदान बनिसकेको पोखरीलाई जोगाउन गुरुयोजनासहित अगाडि बढिरहेका छौं’ श्रेष्ठले रातोपाटीसँग भने ।  राजनीतिक रुपमा तत्कालीन नेकपा एमाले (हालः नेकपा) बाट निर्वाचित मदनसुन्दरलाई नगर कार्यपालिकामा भने केही असहजता छ । तर, पनि ती कुरालाई मिलाउँदैं उनी मध्यपुरको सम्पदा र परम्परा जोगाउन सक्रिय छन् । 

बहुमत कार्यापालिका सदस्यसहित उपप्रमुख पदमा नेपाली कांग्रेसबाट निर्वाचित भएकाले बेला–बेलामा भने मध्यपुर थिमिमा राजनीतिक रंग देखिने गरेको छ ।

 

सांस्कृतिक गुरुयोजनासहित काम हुँदै

 नगरप्रमुख श्रेष्ठकाअनुसार अस्तित्वविहिन अवस्थामा पुगेका सम्पदाहरुलाई जोगाउदैं अन्य भग्नावशेष भएकालाई पूनर्निर्माण गर्ने काम भइरहेको छ ।  शंखधर पार्क, बालकुमारी मन्दिर, बिष्णुकुण्ड, दुई पोखरी, जीवित संग्राहलय निर्माण, सिद्धीकाली मन्दिर, बौद्ध विहारलगायतको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । 

नगरप्रमुख श्रेष्ठले भने, ‘निर्वाचित भएर आएदेखि हामीले क्रमश ११, १८, २५ रुपैयाँ र आगामी आर्थिक वर्षलाई ३३ करोड रुपैयाँ सम्पदा पूनर्निर्माण र संरक्षणका लागि छुट्टाएका छौं । ’ ‘नगरपालिकाले सांस्कृतिक गुरुयोजना नै बनाएर कार्य गरिरहेकोले बर्षौदेखि जीर्ण बनेका, झाडीले छोपिएर हराउन लागेका, अतिक्रमणमा परेका सम्पदाहरु जीवित हुन थालेका छन’् नगरप्रमुख श्रेष्ठले भने ।  फोहर फाल्ने स्थानहरु पार्कमा परिणत भएका छन् भने खेल मैदान बनेका पोखरीमा पानी जम्ने अवस्थामा आइ पुगेका छन् । 

जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व थालेपछि मध्यपुर थिमि नगरको ऐतिहासिक, सांस्कृतिक महत्वका सम्पदाहरु मौलिक शैली बन्ने क्रम जारी रहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । सम्पदाहरुलाई पर्यटकीय गन्तव्य स्थलका रुपमा तयार गर्ने योजना रहेको प्रमुख श्रेष्ठको भनाई छ । श्रेष्ठले नगरभित्रका मुर्त र अमुर्त सम्पदाको संरक्षणका लागि नगरपालिकाले सांस्कृतिक गुरुयोजना निर्माण गरि कार्यान्वयन गरिरहेको बताए । 

मल बिक्रीबाट ३ करोड
देशमै नमुनाको रुपमा सुरु भएको जापानीज प्रविधिको कम्पोष्ट मल बनाउने योजना मध्यपुरमा सुरु भएको केही समय भयो । मध्यपुर थिमि वडा नम्बर ४ मा रहेको कम्पोष्ट मल केन्द्रमा जापानिज प्रविधिमा आधारित रहेर मल बनाउने गरिन्छ । 

तिब्र शहरीकरणले फोहोर व्यबस्थापन निकै चुनौती थप्दै आएको बेलामा दिगो सफाईको प्रभावकारी माध्यम कम्पोष्ट मल बनाउने कार्य हुनसक्छ ।  प्रमुख श्रेष्ठले मध्युरथिमिको फोहोर व्यबस्थापनमा यसले सघाउ पुर्याएको बताए । 
भान्छाबाट निस्कने फोहोरलाई मोहर बनाउने कार्यमा नगरपालिका लागि परेको छ । अघिल्लो आर्थिक वर्षमा करिब ३ करोड रुपैयाँको कम्पोष्ट मल बिक्री गरिएको नगरप्रमुख श्रेष्ठको भनाई छ ।

 मध्यपुरका चूनौतीहरु 

नगरपालिका जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि विकाश निर्माणले गति पाएको छ । तर, दलिय स्वार्थका कारण मध्यपुरथिमिमा समयमा नै बजेट सार्वजनिक हुन सकिरहेको छैन् ।  अर्कातर्फ फैलिदैं गरेको नयाँ बस्तीलाई व्यवस्थित गर्नु ठुलो चूनौती रहेको छ ।

नगरमा नयाँ घर बन्नेक्रम तीव्र छ त्यहिँ अनुरुप खानेपानी, ढल निकाश, सडक व्यवस्थापन गर्नु पर्ने देखिन्छ भने अर्को तर्फ केही सडक विस्तार गर्ने क्रममा पर्ने पुराना बस्तीलाई संरक्षण गर्दै वैकल्पिक उपाय खोज्नुपर्ने दायित्व समेत जनप्रतिनिधिहरुसँग रहेको छ ।  भक्तपुरका चार स्थानीय तहमा फोहर व्यवस्थान ठुलो चूनाती बन्दै गइरहेको छ । यसबाट मध्यपुर थिमिलाई समेत असर परिरहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप