डरलाग्दो अवस्था देखिएको छ, लोकतान्त्रिक शक्तिहरु एक हुन जरुरी छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढिकरणका लागि लोकतान्त्रिक शक्तिहरु एक हुन जरुरी रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापासहितलाई पार्टी प्रवेश गराउँदै सभापति देउवाले प्रजातन्त्रलाई डरलाग्दो अवस्थाबाट माथि उठाउन लोकतान्त्रिक शक्तिहरु एकजुट हुनु आवश्यक रहेको बताए । प्रजातन्त्र विरोधी शक्तिहरु सरकारमा रहेको उल्लेख गर्दै उनले सरकारका कारण प्रजातन्त्रमाथि संकट आउने अवस्था आएको बताए ।
प्रेस स्वतन्त्रता कमजोर पार्ने, फोन ट्यापिङ गर्न पाउने विधेयकहरु ल्याएर सरकारले ‘प्राइभेट कुरा गर्न नसकिने अवस्था’ आएको उनले बताए । उनले भने, ‘‘डरलाग्दो अवस्था छ । लोकतान्त्रिक शक्तिहरु एक हुन जरुरी छ, जसले भोली आउने च्याजेञ्जहरु सामना गर्न सकियोस् । प्रजातन्त्रको सुदृढीकरण गरेर नेपाललाई पूर्ण रुपमा गणतन्त्रात्मक लोकतान्त्रिक राष्ट्र बनाउनुका साथै राष्ट्रिय एकताका लागि एक हुनु आवश्यक छ ।’’ सभापति देउवाले थापालाई अहिले सहमहामन्त्रीको जिम्मेवारी दिइएको जानकारी गराउँदै पार्टीमा कुनै प्रकारको भेदभाव नहुने बताए । थापा लगायतका नेताहरुको प्रवेशले पार्टी बलियो बनाउने विश्वास देउवाले गरे ।
पार्टी प्रवेश कार्यक्रममा थापाले वि.सं. २०१० सालबाट नाता टुटेको कांग्रेससँग ६७ वर्षपछि जोड्न पाएकोमा आफुलाई खुसी लागेको बताए । उनले भने, ‘‘२०१० देखि कांग्रेससँगको म र मेरो परिवारको नाता टुटेको थियो । मेरो बुवा स्व.सूर्यबहादुर थापा २००८ मा कांग्रेसको कोषध्यक्ष हुनुहुन्थ्यो विराटनगरामा । २०१० सालमा धनकुटाको सभापति पनि हुनुभयो । आज झण्डै ६६, ६७ वर्षपछि नाता जोड्न पाए ।’’ थापाले राप्रपाले संविधान निर्माण हुँदा गरेको वाचा तोडेका कारण लोकतान्त्रिक मार्ग लिन कांग्रेसमा प्रवेश गरेको पनि बताए ।
गत शनिबार राप्रपा परित्याग गरेका थापासहितको नेताहरु आज कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमकाबीच सभापति देउवाले उनीहरुलाई पार्टी प्रवेश गराए । नेता रामचन्द्र पौडेलले पार्टीमा प्रवेश गरेका थापासहितका नेताहरुलाई माला लगाएका थिए । देउवाले सदस्यता प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व
-
नेता तथा उच्च पदस्थको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग
-
कोशी प्रदेश सभामा ‘राजा’ शब्द निषेध
-
रुसले युक्रेनमा गर्यो ठुलो आक्रमण, २६७ ड्रोन प्रहार
-
त्रिविको अनुगमन निर्देशनालयमा रैखोला र श्रेष्ठ नियुक्त