सिद्धिचरण नगरपालिकाका २६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । गत शुक्रबार जिल्लाका विभिन्न स्थानिय तहबाट स्वब संकलन गरेर पठाइएका मध्ये सिद्धिचरण नगरपालिका ७ का २६ वर्षीय युवकमा संक्रमण पुष्टी भएको हो । दुबईबाट आएका उजी गत असार ३१ गते काठमाडौ ओर्लिएर भक्तपुरको सल्लाघारी होल्डिङ सेन्टरमा बास बसेका थिए । उनी पुनः चतरा होल्डिङ सेन्टर हुँदै साउन १ गते ओखलढुंगा आइपुगेका थिए ।
सोलुखुम्बुको सवारीसधन रिजार्भ गरेर जिल्ला आएका उनलाई सिधै ओखलढुंगा क्याम्पस भवनको क्वारेन्टिनमा लगिएको थियो । उनीसँगै सोही गाडीमा आएका अन्य दुई जनामा भने कारोना नदेखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । ती युवकको स्वास्थ्य अवस्थामा सामान्य रहेकाले उनलाई सोही क्वारेन्टिनमा राखेर उपचार सुरु गर्ने तयारी गरिएको छ ।
संक्रमित युवकको पुनः स्वाब संकलन गरेर परीक्षणमा पठाइने तिवारीको भनाई छ । उनीसँगै जिल्लाको मानेभज्याङ गाउँपालिकाका २६ जना, चम्पादेवी गाउँपालिकाका १ जना लिखुका २ जना, सुनकोशीका ३ जना ,चिसंखुगढीका १ जना र सिद्धिचरण नगरपालिकाका ३८ जनाको स्वब संकलन गरेर प्रदेश प्रयोगशाला विराटनगरमा परीक्षणका लागि पठाइएको थियो ।
परीक्षणमा पठाइएका ६७ मध्ये एकजनामा मात्र कोरोना पोजेटिभ देखिएको हो । यसअघि जिल्लामा १५ जना भारतीय नागरिकसहित २१ जनामा कोरोना संक्रमण देखिएको थियो । यी मध्ये ६ जना निको भएर घर फर्किसकेका छन् भने १५ भारतीय नागरिकको प्रदेश नम्बर एकको कोरोना अस्थाई अस्पतालमा उपचार भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जमा निकालिएको शोभा यात्रामा धार्मिक सद्भाव बिथोल्ने चारजना पक्राउ
-
सरकार परिवर्तनको हल्ला आजबाट अन्त्य भयो : शंकर पोखरेल
-
सर्वोच्चले मगायो रवि लामिछानेको मुद्दामा जिल्ला अदालत रुपन्देहीको मिसिलमा संलग्न कागजात
-
सङ्घीय गणतन्त्रको रक्षामा एकजुट होऔँ : शेरधन राई
-
ओलीले विन्दालाई बोलाएरै भेटेर भने - चिठी नै नभए केको कारबाही ?
-
शिक्षक आन्दोलनको असरः धमाधम भर्ना अभियान स्थगित गर्दै बागमतीका विद्यालय