शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीलाई हटाएर प्रचण्ड–माधवलाई प्रधानमन्त्री बनाउन खोज्नु गलत : गजुरेल

मङ्गलबार, १३ साउन २०७७, १७ : ३८
मङ्गलबार, १३ साउन २०७७

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेललेले देशमा देखा परेका समस्या समाधानको बाटो प्रधानमन्त्री केपी ओलीको राजीनामा नभएको बताएका छन् ।

मंगलबार संवाद क्लब नेपालले काठमाडौंमा गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले राजीनामा गरेर समस्याको हल नहुने बताए । 

नेता गजुरेलले प्रधानमन्त्री ओलीलाई राजीनामा गराएर हिजो सत्ताको नेतृत्व गरेका पात्र प्रचण्ड, माधव नेपाल, र शेरबहादुर देउवालाई सत्तामा ल्याउन खोज्नु समस्याको बाटो नभएर झन् दुर्घटनाको बाटो  हुने बताए ।

अहिलेको संकट ल्याउनमा प्रधानमन्त्रीको दोष नभएको समेत गजुरेको दावी छ । 

अब राज्य संचालन गर्ने पात्र फेर्ने भन्दा पनि राज्यको अर्को नयाँ व्यवस्थाको लागि आन्दोलनको जरुरी रहेको उनको भनाइ छ ।

आफूहरुले जनयुद्घ अहिलेको व्यवस्थाको लागि नभएर जनगणतन्त्रको लागि गरेको भन्दै अहिलेको राज्य व्यवस्था र विगतको राज्य व्यवस्थामा कुनै फरक नभएको नेता गजुरेलको भनाइ छ ।

नेकपालाई जनताले दुई तिहाईको बहुमत दिएर जिताए पनि जनताको पक्षमा कुनै राम्रो काम गर्न नसकेको उनले दावी गरे । 

एमसीसी पास गरेर अमेरिकन सेना नेपाल आउन दिएर चीनसंग लड्न नेपाली भूमि दिने खेल भइरहेको नेता गजुरेलको आरोप छ ।  नेपालमा एमसीसी राष्ट्रिय हित विपरित हुने उनको ठम्याई छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप