बुबा सूर्यबहादुरले काँग्रेससँग ६७ वर्षअघि तोडेको नाता मैले जोडेँ : सुनील थापा

काठमाडौं । मंगलबार नेपाली काँग्रेसमा प्रवेश गरेका सुनील थापाले बुबा सूर्यबहादुर थापाले ६७ वर्षअघि तोडेको नाता आफूले जोडेको बताएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाबाट काँग्रेसको सदस्यता ग्रहण तथा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिलगायतले स्वागत गरेपछि बोल्दै थापाले सुरुमा आफ्नो बुबा सूर्यबहादुर थापाले पनि काँग्रेसको राजनीति गरेको बताए ।
२००८ सालमा सूर्यबहादुर मोरङ काँग्रेसको कोषाध्यक्ष रहेको तथा २०१० मा धनकुटा काँग्रेसको सभापति भएको उनले बताए । त्यसपछि भने काँग्रेससँग सम्बन्धबिच्छेद गरेर बुबा फरक बाटो लागेको उनले बताए ।
उनले काँग्रेससँग तोडएको नाता ६७ वर्षपछि फेरि जोड्न पाउँदा खुसी लागेको समेत बताए ।
उनले आफ्नो बुबाले लोकतान्त्रिक शक्तिको बृहद मोर्चाको कल्पना गरेको र त्यो काँग्रेसबाटै सम्भव भएको पनि बताए । उनले आफ्नो पूरानो पार्टी राप्रपा बुबाले खनेको बाटोबाट च्यूत हुँदै गएकाले आफू काँग्रेसभित्र घुलित हुने निर्णय गरेको पनि बताए ।
सो क्रममा उनले राप्रपाभित्र असन्तुष्ट धेरै नेता कार्यकर्ता भएको भन्दै उनीहरुलाई पनि क्रमशः काँग्रेसमा प्रवेश गराइने बताए । आज नै धेरै नेता कार्यकर्ताले काँग्रेस प्रवेश गर्ने चाहनामा राखेपनि कोरोनाको संत्रासका कारण सम्भव हुन नसकेको उनको दावी थियो ।
थापालगायतलाई स्वागत गर्दै देउवाले नवप्रवेशीको पार्टीमा उचित मूल्यांकन हुने बताए । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले राप्रपाले प्रतिगमनको बाटो रोजिरहेको बेला थापालगायत अग्रगमनको चाहनासहित काँग्रेसमा प्रवेश गरेकामा धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा