बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सुनील थापालगायतका नेताहरु काँग्रेस प्रवेश गर्दा सानेपामा जे देखियो (फोटोफिचर)

मङ्गलबार, १३ साउन २०७७, १६ : ५०
मङ्गलबार, १३ साउन २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा पञ्चायतकालका हस्ती सूर्यबहादुर थापाका छोरा तथा पूर्वमन्त्री सुनील थापासहितका १४ नेता काँग्रेसमा प्रवेश गरेका छन् । 
पार्टी प्रवेश गर्नेमा उनीसहित रामकृण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाह, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नारायण राउत र  ईन्द्रबहनदुर तामाङ रहेका छन। उनीहरुसँगै ३१ नेताले राप्रपा परित्याग गरेको भएपनि कोरोनाको महामारीका कारण सबै काठमाडौ आउन सम्भव नभएकाले आज १४ नेता मात्रै पार्टी प्रवेश गरेका हुन् ।

 अन्य नेता कार्यकर्ता जिल्लाबाटै प्रवेश गर्ने काँग्रेस बताइएको छ । आज पार्टी प्रवेश गर्नेसबैलाई पार्टी कार्यालय सानेपामा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता प्रदान गरेका छन् भने  उपसभापति बिमलेन्द्र निधिले पार्टीमा स्वागत गरे । 
यस्तै नवप्रवेशीलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएका थिए । 

तस्बिरहरु : कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप