गुल्मीको चन्द्रकोटमा पहिरोले ट्रक बगायो, दर्जनौ घरपरिवार विस्थापित

गुल्मी । गए रातीदेखि गएको भीषण बाढी र पहिरोका कारण गुल्मीको चन्द्रकोट गाउँपालिका र छिमेकी सत्यवती गाउँपालिकामा दर्जनौं घर विस्थापित भएका छन् । एउटा ट्रक पहिरोले बगाएको छ । चन्द्रकोट गाउँपालिका वडा नम्वर ७ को रुपाकोट शान्तिपुर जोड्ने मोटरबाटो अन्तर्गत खसीमारे भन्ने स्थानमा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको र एउटा मालवाहक ट्रक बगाएको चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीले बताए ।
उनका अनुृसार सोही गाउँपालिका वडा नम्वर ८, तुराङ्गमा पहिरोले चार घर परिवार विस्थापित भएका छन् । विस्थापितहरु जनता बाल निकेतन मावि पिपलनेटामा ल्याएर राखिएको छ । वडा नम्वर ७ को रुपाकोटमा पनि दुई घर विस्थापित भएको र थप विवरण आउन बाँकी छ ।
चन्द्रकोटका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले रुपाकोटको सडकमा पहिरोले बगाएको ट्रक झण्डै २ सय मिटर तल खोलामा खसेको बताए । भीषण पहिरोका कारण रुपाकोट शान्तिपुरको सडक अवरुद्ध भएको छ ।
त्यस्तै, सत्यवती गाउँपालिका वडा नम्वर ४ लिम्घाको ढाँडगैरामा ४ वटा घर पहिरोले उच्च जोखिममा पारेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । ‘म अहिले यसै ठाउँमा आईपुगेको छु, ४ वटा घरको तल र माथिबाट पहिरो गएर उच्च जोखिमा छन्’ गाृउँपालिका प्रमुख ढकालले भने, ‘यहाँका परिवारलाई कता सार्ने भन्ने विषयमा छलफल हुँदैछ ।’
सोही गाउँपालिका वडा नम्वर ७ को हसरामा ५ घर विस्थापित भई गौरीशंकर आधारभूत बिद्यालयमा राखिएको गाउँपालिका अध्यक्ष ढकालले जानकारी दिए । उनका अनुसार रिडी रुद्रवेणी वामिटक्सार सडक खण्डको ठाउँ–ठाउँमा पहिरो गएको र अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा