काँग्रेस कार्यालयमा सुनील थापालगायतलाई पार्टी प्रवेश गराउन कार्यक्रम सुरु (तस्बिरहरु)
काठमाडौं । राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनील थापालगायतलाई पार्टी प्रवेश गराउन कार्यक्रम सुरु भएको छ । काँग्रेस पार्टी कार्यालय सानेपामा सुरु भएको पार्टी प्रवेश कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुको सहभागिता रहेको छ । यस्तै सुनील थापालगायतका पार्टी प्रवेश गर्न लागेका नेताहरु पनि पार्टी कार्यालय पुगिसकेका छन् ।
राप्रपाको कार्यशैली र कार्यदिशाप्रति असन्तुष्टि जनाउँदै थापालगायत काँग्रेस प्रवेश गर्न लागेका हुन् । काँग्रेससँग भएको सहमति अनुसार थापालाई सहमहामन्त्री बनाइने बताइएको छ । यस्तै अन्य ५ नेताले केन्द्रीय सदस्य पाउनेछन् ।
पार्टी प्रवेश गर्नेमा थापासहित रामकृण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वक्रमा, रामपदारत शाहा, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नरायणा राउत, ईन्द्रबहनदुर तामाङलगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा