कृषि मन्त्रालयलाई लेखा समितिले सोध्यो- ‘मल खरिदमा के भएको हो ?’

काठमाडौं । सार्वजनिक लेखा समितिले कल खरिदमा भएको अनियमितता र अभावका सम्बन्धमा कृषि मन्त्रालयलाई पत्र काटेको छ । मल खरिदमा गलत ठेकेदारलाई छनौट गरी अलखेल गरेको उजुरीपछि सार्वजनिक लेखा समितिले कृषि मन्त्रालयसँग ५ दिनभित्र जवाफ पेश गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिका सचिव रोजनाथ पाण्डेले कृषि मन्त्रालयलाई अघिल्लो साता पत्र लेख्दै मलको माग र आपूर्तिको व्यवस्था, मागबमोजिम वितरणको अवस्था र छिमेकी मुलुकबाट गरिएको मल आयातको परिमाण, मलखादको सहज आपूर्ति तथा वितरणबारे मन्त्रालयको योजना र समयमा नै मल उपलब्ध गराउन चालिएका कदमको सम्बनधमा मन्त्रालयको धारणा र पुष्टि हुने कागजातसहितको विवरण उपलब्ध गराउन भनिएको छ ।
कृषि सामाग्री केन्द्रले अघिल्लो फागुनमा मल ल्याउने ठेक्का लगाए पनि हालसम्म त्यो मल आउन सकेको छैन । मल ल्याउने ठेक्का पाएको शैलुङ इन्टरप्राइजेजले अहिलेसम्म मल ल्याउने तयारी नै अघि बढाएको छैन । बरु मन्त्रिपरिषद्ले गरेको ठेक्काको म्याद ६ महिनासम्म थप्न सकिने व्यवस्थालाई टेकेर यसलाई पर सार्ने प्रयास गरिरहेको छ । तर धान लगाउने बेलामा अहिले कृषकहरुले मल पाइरहेका छैनन् ।
यही सम्बन्धमा केही समय अघि सार्वजनिक लेखा समितिमा यसबारे उजुरी परेको थियो । बजारमा मलको हाहाकार हुने तर ठेक्का पाएको कम्पनीले सामान आयात गर्नुको सट्टा समय थप गर्न थालेपछि लेखा समितिले यसबारे चासो देखाएर पत्र काटेको हो ।
यसैबीच कृषि मन्त्रालयले सोमबार मात्रै सो पत्रको जवाफ समितिमा पठाएको छ। मन्त्रालयले पठाएको जवाफबारे अहिले लेखा समितिले अध्ययन गरिरहेको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिका हुर्काउने–पढाउने २५ सूत्र !
-
एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान
-
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा इजरायलको आनाकानी, राखियो सर्त
-
बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन आह्वान