बालुवाटार बैठकबाट बाहिरिए गौतम र रावल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकबाट उपाध्यक्ष बामदेव गौतम र स्थायी समिति सदस्य भीम रावल बाहिरिएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी निकटका नेताहरु सहभागी नभएको उक्त बैठकमा केहीबेर सहभागी भएर गौतम र रावल बाहिरिएका हुन् ।
बैठकमा गौतमले अध्यक्षद्वयको पदको लडाइँमा आफू पर्न नचाहेको भन्दै आफू वैचारिक रुपमा सुदृढ नेकपाको पक्षमा रहेको बताएका छन्।
बैठकमा सहभागी एक नेताका अनुसार महाधिवेशन गरेर पार्टीलाई संगठित रुपमा अगाडि बढाउन आफूले शुरुदेखि नै भन्दै आएको गौतमले स्मरण गराएका थिए। यस्तै उनले पार्टीमा एक अध्यक्षले सरकार चलाउने र अर्को अध्यक्षले पार्टी चलाउने निर्णय भएको र सोहीअनुसार पार्टी अघि बढ्नुपर्नेमा पनि जोड दिए ।
यस्तै भीम रावलले पनि पार्टी विभाजन गर्न नहुने तर नेतृत्वको मनपरीतन्त्र स्वीकार गर्न नसकिने धारणा राखेको ती नेताको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण