शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा बैठकमा बामदेव गौतमको प्रश्न–कसको कारणले पार्टी गम्भीर मोडमा पुग्यो ?

मङ्गलबार, १३ साउन २०७७, १५ : ३८
मङ्गलबार, १३ साउन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले कसको कारणले पार्टी गम्भीरमा मोडमा पुग्यो भन्दै प्रश्न गरेका छन् । उनले अध्यक्षद्वयको पदको लडाइँमा पर्न नचाहेको भन्दै आफू वैचारिक रुपमा सुदृढ नेकपाको पक्षमा रहेको बताए । 

अध्यक्ष केपी शर्मा ओली र उनीनिकट बिनाको स्थायी समिति बैठकमा गौतमले भने, ‘पार्टी गम्भीर मोडमा कसको कारणले गयो ? यसको दोषी को हो ? अध्यक्षद्वयको पदको लडाइमा पर्न चाहन्नँ तर म पार्टी वैचारिक रुपमा सुदृढ हुनुपर्ने पक्षमा छु ।’

महाधिवेशन गरेर पार्टीलाई संगठित रुपमा अगाडि बढाउन आफूले शुरुदेखि नै भन्दै आएको स्मरण गराए । यस्तै उनले पार्टीमा एक अध्यक्षले सरकार चलाउने र अर्को अध्यक्षले पार्टी चलाउने निर्णय भएको र सोहीअनुसार पार्टी अघि बढ्नुपर्नेमा पनि जोड दिए । 

गत मंसिर ४ मा भएको दुई अध्यक्षको कार्यविभाजनबारेको सहमति जुटाउन आफ्नो भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै उनले अहिले पनि आफू त्यसमै अडिग रहेको बताए । 

‘मंसिर ४ गते जे निर्णय भएको छ, त्यसलाई कार्यान्वयन गरेर अगाडि बढौँ । महाधिवेशनको तयारीमा जुटौँ’, गौतमले भने । 

यस्तै पार्टीभित्रको विवाद समाधानका लागि दुई अध्यक्षसामु राखेको ६ बुँदे प्रस्तावका विषयमा पनि गौतमले प्रष्ट पार्ने काम गरेको एक नेताले बताए । आफ्नो धारणा राखेर गौतम बैठकबाट बाहिरिएका छन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप