बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गणपुरक संख्या नपुगेपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

मङ्गलबार, १३ साउन २०७७, १४ : ३०
मङ्गलबार, १३ साउन २०७७

काठमाडौं । गणपुरक संख्या (कोरम) नपुगेपछि प्रतिनिधिसधाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ । परराष्ट्र मन्त्रालय अन्तरगत कन्सुलर सेवा विभागको प्रगति विवरण र आगमी कार्ययोजनाका बारेमा छलफल गर्न बोलाइएको बैठक कोरम नपुग्दा स्थगित भएको हो ।

 धेरै सांसदहरु आफ्नो गृहजिल्ला गएको र सहभागि हुने जानकारी गराएका सांसद समेत उपस्थित नहुँदा बैठक स्थगित गर्नुपरेको समिति सभापति पवित्रा निरौला खरेलले बताइन् । 

‘‘धेरै सांसदहरु जिल्ला जानुभएको छ । बैठकमा आउने भनेर जानकारी दिएकाहरुपनि आउनुभएन । धेरै बिरामी रहेको बाध्यकारी अवस्थाका कारण बैठकमा कोरम संख्या नपुगेकाले बैठक स्थगित भयो’’, उनले भनिन् । 

केही सांसदहरु भने स्वास्थ्य सुरुक्षाको कारण देखाउँदै बैठकमा उपस्थित नभएको बताइएको छ । समिति सभापति खरेलले भने सुरक्षा सतर्कता अपनाएर ठूलो हलमा बैठक सञ्चालन गर्ने तयारी भएपनि सम्भव नभएको बताइन् । 

कोभिडका कारण सामाजिक दुरी कायम गरेर बैठक सञ्चालन गर्न पर्याप्त ठाउँ नभएको उल्लेख गर्दै उनले कोरम पुग्ने गरी समितिकै हलमा बैठक सञ्चालन गर्न सकिने अवस्था नभएपनि सांसदहरु सहभागी नभएको बताइन् । कोरम संख्या नपुगेर आजसम्म बैठक स्थगित नभएपनि पहिलो पटक यस्तो भएको उनले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप