अपडेटः कमलादीबाट बरामद सुनको मूल्य ४२ लाख, १५ लाखको चाँदी

काठमाडौं । राजधानीको कमलादीबाट प्रहरी बरामद गरेको १५ किलो पहेलो धातुमध्ये परीक्षण गर्दा आधा किलो सक्कली सुन भएको पाइएको छ । बजार मूल्य अनुसार सो सुनको मूल्य ४२ लाख ९ हजार ५ सय रहेको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रन्जन कुमार दाहाल नेतृत्वको टोलीले बा.६च ५५११ नम्बरको स्कोर्पियो रोकेर चेकजाँच गर्न खोज्दा सुन कारोबारी झोला फालेर भागेको थियो ।
झोला खानतलासी गरेर परीक्षण गर्दा साढे १४ किलो चाँदीमा सुनको जलप लगाएको भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) राजकुमार केसीले जानकारी दिए ।
सो चाँदीको बजार मूल्य १५ लाख ५६ हजार ४ सय पर्छ । सुन कारोबारीले चाँदीमा कम्पनीले लगाएको ट्याग मेटाउन सुनको जलप लगाएको हुनसक्ने बताइएको छ ।
सुन कारोबारमा संलग्न गिरोहले ठग्नका लागि सुनको जलप लगाएर बोकेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । चाँदी र सुन बोक्ने प्रयोग भएको स्कोर्पियो प्रहरीले खोजिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक