ओलीले स्थगित गरेपनि बस्यो नेकपा स्थायी समिति बैठक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेपनि प्रचण्डसहितका नेताहरुले त्यसलाई अस्वीकार गर्दै बैठक बसेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा ओलीसहित उनी निकटका स्थायी समिति सदस्यहरुको सहभागिता रहेको छैन । यद्यपी स्थायी समितिमा रहेका बहुसंख्यक सदस्यहरुको सहभागिता रहेको छ ।
बैठकअघि ओलीसँग प्रचण्डसहित झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले छलफल गरेका थिए । तर कुरा नमिलेपछि प्रचण्डको अध्यक्षमा बैठक बसेको हो ।
बैठक सुरु हुनुअघि प्रचण्डले स्थायी समिति सदस्यहरुसँग आन्तरिक छलफल समेत गरेका थिए भने सो क्रममा प्रचण्डले बैठक स्थगितबारे आफूलाई कुनै जानकारी नरहेको बताएको एक नेताले रातोपाटीलाई जानकारी दिए । पार्टीभित्र विवाद चर्किँदै जाँदा ओलीले अर्का अध्यक्ष प्रचण्डसहितका अन्य कुनै नेताहरुसँग परामर्श नगरी स्थगित गरेका थिए ।
तर, नेकपा कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले जारी गरेको विज्ञप्तिमा पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको बैठक स्थगित गरिएको उल्लेख छ ।
प्रचण्डसहितका नेताहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्ने माग राखेपछि नेकपाभित्र विवाद चर्किएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
