शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पचासी प्रतिशतले बुझे दोस्रो किस्ता

मङ्गलबार, १३ साउन २०७७, १२ : ५३
मङ्गलबार, १३ साउन २०७७

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म निजी आवास पुनःनिर्माणमा जम्मा ८५ प्रतिशतले मात्र दोस्रो किस्ता बुझेको पाइएको छ । सो अवधिमा दोस्रो किस्ता बुझेकामध्ये जम्मा ७६ प्रतिशतले मात्र तेस्रो किस्ता बुझिसकेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तथ्याङ्कअनुसार जम्मा लाभग्राहीमध्ये ९९ प्रतिशतले मात्र पहिलो किस्ता बुझेका छन् ।

त्यसैगरी विद्यालयको पुनःनिर्माणतर्फ ७४ प्रतिशत प्रगति छ । देशका अति प्रभावित १४ जिल्लाका कूल सात लाख २८ हजार २४३ लाभग्राहीमध्ये एक लाख १८ हजार ३२९ कोे घर निर्माण सम्पन्न भइसकेको छ । सिन्धुपाल्चोक, रसुवा, दोलखा र नुवाकोटमा सबैभन्दा बढी पुनःनिर्माणको काम पूरा भएको प्राधिकरणले जनाएको छ । 

कोभिड–१९ पछिको बन्दाबन्दीलगायत अन्य विविध कारणले गर्दा सोचेबमोजिम तोकिएको समयमा काम पूरा नहुने प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले बताए । “प्राधिकरणको विनियममा काम पूरा नभएको अवस्थामा थप एक वर्ष थप्ने भन्ने प्रावधान छ, सो बमोजिम समायावधि थपिन पनि सक्छ”, उनले भने । विसं २०७२ को भूकम्पपछि त्यही वर्ष पुस १० गते प्राधिकरणको गठन भई लाभग्राहीको तथ्याङ्क सङ्कलन गरी रकम वितरणको काम शुरु भएको थियो । 
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप