बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्थायी समिति बैठक बस्ने भन्दै बालुवाटार पुगे ओलीइतर समूहका नेताहरु

मङ्गलबार, १३ साउन २०७७, १२ : २१
मङ्गलबार, १३ साउन २०७७

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक स्थगित गरेपनि ओलीइतर समूहका नेताहरु बैठक नरोकिने भन्दै बालुवाटारमा पुगेका छन् । 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षता बैठक बस्ने तयारीस्वरुप इतर समूहका नेताहरु बालुवाटारमा पुगेका छन् । बालुवाटार पुग्नेमा प्रचण्डसहित सचिवालयका नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, बामदेव गौतम समेत रहेका छन् ।  यस्तै स्थायी समितिका सदस्यहरु पनि बालुवाटारमा पुग्ने क्रम जारी रहेको छ । 

बैठक कक्षमा पुगेर नेताहरु अहिले आन्तरिक छलफलमा रहेका छन् भने सो क्रममा प्रचण्डले  बैठक स्थगितबारे आफूलाई कुनै जानकारी नरहेको बताएको एक नेताले रातोपाटीलाई जानकारी दिए । पार्टीभित्र विवाद चर्किँदै जाँदा ओलीले अर्का अध्यक्ष प्रचण्डसहितका अन्य कुनै नेताहरुसँग परामर्श नगरी स्थगित गरेका थिए । 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप