बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कलाकार गोपाल राउतको निधन

मङ्गलबार, १३ साउन २०७७, १२ : २१
मङ्गलबार, १३ साउन २०७७

काठमाडौँ । कलाकार गोपाल राउतको निधन भएको छ । अमेरिकाको सान्तारोजा क्यालिफोर्नियामा सोमबार बिहान उनको निधन भएको हो । नेपाली चलचित्रका पुराना कलाकार गोपाल राउतको हृदयघातको कारण निधन भएको अभिनेता कृष्ण मल्लले जानकारी दिए ।

पछिल्लो समय अमेरिकमा बस्दै आएका राउतले रुपमति, गुलाफ एकै पटक फुल्छलगायत दर्जनौँ टेलिशृङ्खला अभिनय गरेका थिए । उनले फिल्म भने प्रेमयुद्ध, दोधारलगायत केही अभिनय गरेका छन् ।

उनको अन्तेष्टि आगामि शुक्रबार नेपाली परम्परा अनुसार गरिने उनको सासू लक्ष्मी शर्माले बताइन् । राउतका एक श्रीमती, दुई छोरा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप