सुदूरपश्चिम प्रदेशमा निको हुने संक्रमितको संख्या २ हजार ८१९ पुग्यो

कैलाली । सुदूरपश्चिम प्रदेशमा निको हुने कोरोनासंक्रमितको संख्या २ हजार ८१९ पुगेको छ । सोमबार कैलालीबाट २८ र कञ्चनपुरबाट ३४ जना कोरोना संक्रमित निको भएर घर गइसकेपछि निको हुनेको संख्या २ हजार ८१९ पुगेको हो ।
प्रदेशमा ८ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । सोमबार नै सेती प्रादेशिक अस्पताल धनगढीबाट गरिएको परीक्षणमा थप १७ र डडेल्धुरा अस्पतालबाट ४ जनामा कोरोना पुस्टी भएको छ । यसमध्ये बैतडी ३ पुरुष र १ महिला, अछाम १३ पुरुष र ३ महिला, दार्चुलामा १ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमित संख्या १ हजार २७६ पुगेकोे सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
प्रदेशमा हालसम्म ३१ हजार ८१४ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २७ हजार ७११ मा नेगेटिभ आएको उनले बताए । ३ हजार २८७ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २३ हजार ८७० जनामा परिक्षण गरिएको छ ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका ६६७, बैतडीका ३०७, बझाङ्गका १७१ ,बाजुरा ४४९, डडेल्धुराका २९५, दार्चुलाका २१, डोटीका ६०५, कैलालीका १०७५ र कञ्चनपुरका ५१३ गरी ४ हजार १०३ रहेका छन । जसमा महिला ९६४, पुरुष ३ हजार १३९ रहेका छन् । क्वारेन्टिाईनमा २ हजार ९२१ पुरुष र १ हजार २३ महिला रहेका छन् । प्रदेशका विभिन्न आइसोलेसनमा शंकास्पद १४ र संक्रमित ५३ गरी ६७ जनाको उपचार भइरहेको छ । ७८३ जना भने सामान्य उपचार पछि घर गइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्रप्रति प्रचण्डको टिप्पणी– हावालाई कमान्डर बनाएको छ, हेर बुद्धि !
-
गृहमन्त्रीले शुक्रबार राज्यव्यवस्था समितिमा तीनकुने घटनाबारे जानकारी गराउने
-
टोखाबाट चोरी भएको मोटरसाइकल भक्तपुरमा फेला
-
हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड
-
भ्रमणबाट नेपाल र थाइल्याण्डबिचको आपसी सम्बन्ध नयाँ उचाइमा: प्रधानमन्त्री ओली
-
भुँइचालो गएको यतिका दिनपछि पनि म्यानमारमा ढल्दैछन् घरहरू