शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा निको हुने संक्रमितको संख्या २ हजार ८१९ पुग्यो

थप २१ जनामा संक्रमण पुष्टि
मङ्गलबार, १३ साउन २०७७, १० : ४३
मङ्गलबार, १३ साउन २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा निको हुने कोरोनासंक्रमितको संख्या २ हजार ८१९ पुगेको छ । सोमबार कैलालीबाट २८ र कञ्चनपुरबाट ३४ जना कोरोना संक्रमित निको भएर घर गइसकेपछि निको हुनेको संख्या २ हजार ८१९ पुगेको हो ।

प्रदेशमा ८ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । सोमबार नै सेती प्रादेशिक अस्पताल धनगढीबाट गरिएको परीक्षणमा थप १७ र डडेल्धुरा अस्पतालबाट ४ जनामा कोरोना पुस्टी भएको छ । यसमध्ये बैतडी ३ पुरुष र १ महिला, अछाम १३ पुरुष र ३ महिला, दार्चुलामा १ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै  सक्रिय संक्रमित संख्या १ हजार २७६ पुगेकोे सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

प्रदेशमा हालसम्म ३१ हजार ८१४ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २७ हजार ७११ मा नेगेटिभ आएको उनले बताए ।  ३ हजार २८७ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २३ हजार ८७० जनामा परिक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका ६६७, बैतडीका ३०७, बझाङ्गका १७१ ,बाजुरा ४४९, डडेल्धुराका २९५, दार्चुलाका २१, डोटीका ६०५, कैलालीका १०७५ र कञ्चनपुरका ५१३ गरी ४ हजार १०३ रहेका छन । जसमा महिला ९६४, पुरुष ३ हजार १३९ रहेका छन् । क्वारेन्टिाईनमा २ हजार ९२१ पुरुष र १ हजार २३ महिला रहेका छन् । प्रदेशका विभिन्न आइसोलेसनमा शंकास्पद १४ र संक्रमित ५३ गरी ६७ जनाको उपचार भइरहेको छ । ७८३ जना भने सामान्य उपचार पछि घर गइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप