शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पाको पहिरोमा परी एक जनाको मृत्यु

मङ्गलबार, १३ साउन २०७७, ०९ : ३३
मङ्गलबार, १३ साउन २०७७

बुटवल । पाल्पा जिल्लामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । पाल्पा रम्भा गा.पा.१ असर्दी बस्ने वर्ष ३० को दिनेश अर्यालको आज बिहान खेतमा जाँदै गर्दा ढुङ्गा माटोसहित पहिरोको भलले पुर्दा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले अर्याललाई पहिरोले १० मिटर तल पुर्याएको थियो । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप