बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले भने, ‘दुई हप्तामा कोभिड–१९ को उपचार सम्बन्धि राम्रो खबर पाइनेछ’

मङ्गलबार, १३ साउन २०७७, ०९ : ३१
मङ्गलबार, १३ साउन २०७७

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उनको प्रशासनले दुई हप्तामा कोभिड–१९ उपचारसँग जोडिएको राम्रो खबर सम्प्रेषण गर्ने जानकारी दिएका छन् । सोमबार अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) ले अमेरिकी वैज्ञानिकले कोभिड–१९ भ्याक्सिनको ट्रायलको तेस्रो चरण सुरु गरिसकेका छन् । यो भ्याक्सिनलाई बायोटेक्नोलोजी कम्पनी मोडेर्नाले बनाएको छ । यसको ट्रायल ३० हजार व्यक्तिमाथि गरिने भएको छ ।

यता ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ’ब्रायन सोमबार कोरोनाद्वारा संक्रमित भएका छन् । ह्वाइट हाउसका अनुसार रोबर्टमा हल्का लक्षण देखिएको छ । उनी घरबाटै काम गर्नेछन् ।

संसारभरी हालसम्म कोरोनाभाइरसका १ करोड ६६ लाख २९ हजार ७ सय २ संक्रमित भेटिइसकेका छन् । यीमध्ये १ करोड २ लाख २० हजार ८ सय ८९ निको पनि भइसकेका छन् । यस्तै ६ लाख ५५ हजार ८ सय ८० को मृत्यु भइसकेको वर्ल्डोमिटर्सको पछिल्लो आँकडाले बताएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप