मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एनसेलद्वारा एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७ प्रदान

मङ्गलबार, १३ साउन २०७७, ०७ : ०८
मङ्गलबार, १३ साउन २०७७

एनसेल प्राईभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७’ अन्तर्गतको नगद पुरस्कार रकम हस्तान्तरण गरेको छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगथ एनसेलले पुल्चोक क्याम्पसका पाँच संकायका उत्कृष्ट विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति तथा उत्कृष्टता सम्मान गर्दै आएको छ ।

कोरोनाभाइरस रोगको महामारीका कारण शैक्षिक संस्थाहरु हालबन्द रहेका र औपचारिक कार्यक्रम गर्न सम्भव नभएकोले एनसेलले यो वर्षको छात्रवृत्ति तथा उत्कृष्टता सम्मानअन्तर्गतको नगद पुरस्कार रकम रु २४ लाखको चेक पुल्चोक क्याम्पसलाई हस्तान्तरण गरेको हो । सो नगद रकम एनसेलका प्रतिनिधीले पुल्चोक क्याम्पसका क्याम्पस प्रमुखप्रा.डा. लक्ष्मण पौडेललाई हस्तान्तरण गरेका हुन् ।

पुल्चोक क्याम्पसले छात्रवृत्ति तथ ाउत्कृष्टता सम्मान पाउन उत्कृष्ट ठहरिएका विद्यार्थीहरुलाई एनसेलसँग रहेको सम्झौताबमोजिम ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई छात्रवृत्ति र ६ जनालाई उत्कृष्टता सम्मानको जनही रु १ लाख नगद हस्तान्तरण गर्ने गरिन्छ । प्राविधिकशिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उद्देश्य रहेको छ ।

विगत ७ वर्ष देखि प्रदान गरिदै आएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमका बारेमा आफ्नो अनुभव साट्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, “उत्कृष्ट प्रतिभाहरुलाई कदर गर्ने यस कार्यक्रमको सहकार्यका लागि हामी पुल्चोक क्याम्पस र यस क्याम्पसका आदरणीय प्राध्यापकहरु प्रति आभारी छौँ । यो वर्षको छात्रवृत्ति र उत्कृष्टता सम्मान पाउने सबै विद्यार्थीहरुलाई बधाई दिन चाहन्छौँ ।”

यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानकार्यक्रमअन्तर्गत, एनसेलले प्रत्येक वर्ष ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति र उत्कृष्टता पुरस्कार प्रदान गर्ने गरेको छ । गत वर्ष एनसेलले २०८० साल सम्म यी पाँच संकायमा अध्ययन गर्ने ९० जना विद्यार्थीलाई छात्रवृत्ति र ३० जना उत्कृष्ट विद्यार्थीहरु उत्कृष्टता सम्मान स्वरुप रु १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्र्न ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सम्झौतामा हस्ताक्षर गरेको थियो ।

यस अघि एनसेलले २०७१ देखि २०७५ सम्म ६० जनाविद्यार्थीलाई छात्रवृत्ति र २० जनाविद्यार्थीलाई उत्कृष्टता सम्मान गरी रु ८० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको थियो ।

एनसेल छात्रवृत्तिविभिन्नपाँच संकायमा स्नातक तहको प्रथम, द्वितीय र तृतीयवर्षको वार्षिक परीक्षामाप्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्तगर्दछन् भने पाँचवटै संकायका छात्रा मध्येबाट उत्कृष्ट नतिजा ल्याएका द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक–एकजना गरी तीन छात्राले यो छात्रवृतिपाउने गर्दछन् ।

यसैगरी उत्कृष्टता सम्मानअन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातकतहकोे पढाइ सकाएकाप्रत्येक संकायका १÷१ जना र यीपाँचै संकायका छात्राहरु मध्यबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्रालाई उत्कृष्टता सम्मानप्रदान गर्ने गरिन्छ। हरेक छात्रवृत्तितथाउत्कृष्टता सम्मान पुरस्कारको राशि रु १,००,००० रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप